After SEE Portal

विद्यालय तहको वार्षिक परीक्षामा सोधिएका अधिकांश प्रश्नमा त्रुटि नै त्रुटि

Bridge Course

विगत केही दिन यता सामाजिक सञ्जालमा विद्यालयले सञ्चालन गरेको बार्षिक परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्रले खुब चर्चा पाउन थालेका छन् ।

सरकारले शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाका लागि तयार गरिएका त्रुटिपूर्ण प्रश्नपत्रले विद्यार्थीमा मनोवैज्ञानिक त्रास जन्माएको विषय शिक्षकहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया दिन थालेका छन् ।

विद्यालय स्तरीय धेरै विषयका परीक्षामा गरिएको अङ्ग्रेजी अनुवाद गलत हुनुका साथै एसईईको विज्ञान विषयमा पनि अङ्ग्रेजी अनुवाद गलत भएको कास्कीका विज्ञान विषय शिक्षक पुष्प पौडेलले लेखेका छन् । वास्तविक मूल्याङ्कन वा मनोवैज्ञानिक त्रास ? शीर्षक दिएर उनी लेख्छन्, ‘ मङ्गलबार २०७८ सालको एसईई परीक्षाको विज्ञान विषयको प्रश्नमा तपसिलबमोजिमका त्रुटि गरी विद्यार्थीको मनोबल गिराउँदै उनीहरूको ढाड सेक्ने काम भएकाले सम्बन्धित प्रश्न निर्माणकर्तालाई कारबाही सहित पीडित विद्यार्थीहरूलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्र.न.१.e. मा energy consumed हुनुपर्नेमा power consumed भएको ।

प्र.नं.१.k. पाठ्यक्रमभन्दा बाहिरको भएको।

प्र.नं.१ अन्तर्गत दुई ओटा प्रश्नमा वैज्ञानिकको नाम सोधिएको।

प्र.न. १३ सान्दर्भिक नभएको ।

प्र.न. १५ , १६, १९ मा अस्पष्टता (Ambiguity) भएको ।

प्र.नं.१५ मा ३ नम्बरको प्रश्नमा दुई ओटा फरक सोधिएको

प्र.नं.१७ मा टेबुल गलत भएको र ग्रुप IIIA बाट प्रश्न सोधिएको,

प्र.नं.२१ पाठ्यक्रमभन्दा बाहिरबाट भएको,

प्र.नं.२२ मा अनावश्यक भाषागत जटिलता लादिएको,

प्र.नं.२३ मा चित्र स्पष्ट नभएको,

पुष्प पौडेल

 

त्यसैगरी, गणितका केही प्रश्न स्तरभन्दा कठिन सोधिएको, गलत प्रश्न सोधिएको प्रतिक्रिया आएको छ ।

लामो समय महामारीका कारण घरैमा बसेका विज्ञले कक्षा १० मा कस्ता किसिमका प्रश्न सोद्ने भन्ने जानकारी नै नलिइ आफू खुसी प्रश्न निर्माण गरेको हुँदा यो वर्ष महामारी भन्दा पनि लापरबाहीले विद्यार्थीको नतिजामा असर पार्ने एक शिक्षकले बताए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० र १२ मा आगामी २०७९ को शैक्षिक सत्रबाट तथा कक्षा ८ मा आगामी २०८० सालको शैक्षिकसत्रबाट स्तरीकृत प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ ।

कक्षा ८, १० र १२ को वार्षिक परीक्षामा अबदेखि कम्तीमा पाँच वर्षसम्म प्रश्न नदोहोरिने गरी प्रश्न तयार गर्ने जमर्को गर्दै गरेको बोर्डले नै तयार गरेको प्रश्नमा हरेक विषयमा त्रुटि देखिँदै गएपछि स्तरीकृत प्रश्नमा पनि त्रुत्रि हुँदैन् भन्न नसकिने विज्ञले सुझाए ।

पहिलो चरणमा अनिवार्य विज्ञान, अङ्ग्रेजी र गणित विषयमा स्तरीकृत प्रश्नपत्र बैङ्क तयार हुने, प्रदेश र स्थानीय तहले बोर्डले तयार पारेको प्रश्नपत्र बैङ्कबाट प्रश्न प्राप्त गरी परीक्षाका लागि प्रश्नपत्र तयार गर्न बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिए ।

एसईईमा मात्र होइन अन्य कक्षाको प्रश्नपत्रमा समेट गम्भीर त्रुटि भेटिएका छन् ।

बर्दियाको बाँसगढी नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयको स्तरमापन नमूना मूल्याङ्कन गर्ने तरिका एउटै हुने गरी शैक्षिक सत्र २०७८ देखि सञ्चालन गरेको पालिका स्तरीय आधारभूत तह कक्षा ५ को परीक्षामा सामाजिक विषयमा गम्भीर त्रुटि भएको भन्दै सार्वनिक रुपमा नै माफि माग्यो ।

बाँसगढी मात्र होइन धेरै ठाउँका प्रश्नपत्रमा त्रुटि भेटिएको समाचार निरन्तर बाहिर आएरहेका छन् ।

त्यसैगरी घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को हेल्थ एण्ड फिजिकल एजुकेसन विषयको पनि नेपाली र अङ्ग्रेजीमा फरक फरक प्रश्न सोधिएको पाइएको छ । त्यसैगरी मिथिला नगरपालिकाको नगर परीक्षा समितिले तयार गरेको प्रश्नमा समेत धेरै त्रुटि पाइएको स्थानीय शिक्षकहरूले जानकारी दिए ।

एसईई परीक्षामा देखिएको समस्या समाधान हुन्छ

यसैविच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसईईमा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । चितवनको लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले एसईई परीक्षामा सामान्य केही समस्या देखिएको बताए । उनले भने, “केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।”

देशैभर एसईई शान्त रुपमा भइरहेको उनले जानकारी दिए । उनले भने, “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।”  कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

A Levels MA
Thuprai - Books and E-books