A Levels MA

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र गत चैत्र ६ गतेदेखि स्थगित गरिएको परीक्षा भदौ ७ गतेदेखि सञ्चालन गर्ने भएको छ । सरकारले साउन ७ गतेको मध्यरातदेखि लकडाउन अन्त्य गरेको घोषणासंगै संस्थानको डीन कार्यालयले परीक्षाको मिति सार्वजनिक गरेको हो ।

संस्थानले गत चैत्र ६ गतेदेखि स्थगित गरिएको स्नातकोत्तर तहको परीक्षा भाद्र ७ गतेदेखि र स्नातक तहको परीक्षा भाद्र १५ गतेदेखि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै संचालन गरिने डीन कार्यालयले आज एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको छ ।

 

Thuprai - Books and E-books