म्याथम्याटिक्समा रुचि भएका मेहनती विद्यार्थीका लागि इन्जिनियरिङ

इन्जिनियरिङ विषयमा विद्यार्थीको रुचि देशका लागि यसको आवश्यकता लगायतका विषयमा इडियुसञ्जालका राजन कोइरालाले कसमस कलेज अफ म्यानेमेन्ट एण्ड टेक्नोलोजीका क्याम्पस प्रमुख पवनकुमार भट्टराईसंग इडियु टकका लागि गरेको कुरानीको संक्षिप्त प्रस्तुतिः

कसमस कलेज अफ म्यानेमेन्ट एण्ड टेक्नोलोजी आजभोलि के गर्दै छ ?

भर्नाको प्रक्रियामा छौं । यसका लागि प्रवेश परीक्षा लिइसकेका छौं । विद्यार्थीसंग काउन्सिलिंग गरिरहेका छौं । हरेक विद्यार्थीलाई क्यारियर छनोट गर्नका लागि सल्लाह र सुझाव दिने गरेका छौं ।

कलेजको स्थापना कसरी भएको हो ?

कसमस कलेजको स्थापना सन् २००१ मा औपचारिक रुपमा भएको हो । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्राडा उत्तमनारायण श्रेष्ठको सक्रियतामा यो कलेजको स्थापना गरिएको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजले विश्वविद्यालयले तयार पारेका विभिन्न प्रोग्राम सत्तचालन गर्दै आएको छ । व्यवस्थापन र इन्जिनियरका कार्यक्रम सञ्चालनमा छन् । इन्जिनियरका पाँचवाट कार्यक्रम छन् । व्याचलर इन सिभिल इन्जिनियरिङ कोर्षमा १४४ जनाको सिट संख्या निर्धारण गरेका छौं । त्यस्तैगरी व्याचलर इन कम्प्युटर इन्जिनियरिङ व्याचलर इन आर्किटेक्टर इन्जिनियरिङ, व्याचर इन इनफमेसन्स इन्जिनियरिङ (यो विषय पोखरा विश्वविद्यालयले मात्र सञ्चालनमा ल्याएको कार्यक्रम) व्याचलर इन इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ सञ्चालनमा छ । सिभिल इन्जिनियरिङ बाँहेक सबै कार्यक्रममा विद्यार्थी सिट संख्या ४८ निर्धारण गरेका छौं ।

विद्यार्थीका लागि कसमस नै किन ?

पहिलो कुरा भनेको अनुसाशन हो । अनुशासन र क्यालिटी कलेजको लक्ष्य हो । यसका लागि दक्ष शिक्षक चाहिन्छ । राम्रो ल्याब, राम्रो एकेडेमिक एक्टिभिटिज सञ्चालन गर्नुपर्छ । हाम्रा शिक्षक सबै दक्ष छन् । जुनियर टिचर पनि क्षमतावान मात्र राख्ने गरेका छौं । केही वर्षपछि शिक्षकको योग्यता निर्धारण गर्छौं । हामी राम्रो र कडा गर्छौं । हाम्रा उत्पादनले काम गर्दा अप्ठ्यारो नपर्ने गरी उत्पादन गर्छौं ।

करिअर कस्तो छ ?

एकेडेमी र इन्डस्ट्रीको ग्याप छ । जब सम्म विश्वविद्यालय र एन्डिस्ट्री विचको सहकार्य हुन सक्दैन तब सम्म विद्यार्थीलाई समस्या हुन्छ । विश्वविद्यालयले एकातिर उत्पादन गर्छ । अर्कोतिर उत्पादनले काम नपाउने विश्वविद्यालयको अवस्था छ । योे खाडल कम गर्न हामीले ठुलाठुला सिभिल इन्जिनियर सम्बन्धित कम्पनीहरुसंग सहकार्य गरेका छौं । इआरएमसी प्राइभेट लिमिटेड, भेरिअस अर्गानाइजेसन र अन्य आइटी कम्पनीसंग सहकार्य गर्दै आएका छौं । प्रजेक्ट वर्क पनि सम्बन्धित कम्पनीका प्रतिनिधिबाटै गराउने गरेका छौं । यसका अलावा नेपालमा इन्जिनियरिङ अध्ययन गरेका जनशक्ति कम छ । कम जनशक्ति भएकै कारण पूर्वाधार विकासका ठुलाठुला काम गर्न जनशक्तिको अभाव हुने गरेको छ ।

इन्जिनियरिङ दुईतीन ठुला प्राजेक्ट सुरु गर्दा नेपालमा इन्जिनियरको अभाव हुन्छ । इन्टेकको जस्तो छ आउटपुट त्यस्तो छैन । इन्टेकमा ६–८ हजार भर्ना भए पनि त्यसमा ४०—५० प्रतिशत मात्र इन्जिनियर उत्पादन हुन्छन् । इन्जिनियरिङ भनेको गाह्रो विषय हो । आजभोलि विद्यार्थीमा मेहनत गर्ने बानी हटेको छ । म्याथम्याटिक्समा रुचि नभका विद्यार्थीका लागि इन्जिनियरिङ विषयको काम छैन ।

कति लागतमा इन्जिनियर उत्पादन हुन्छ ?

कमस कलेजले १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको छ । सरकारी स्कुलबाट एसईई गरेका र बाँकी रहेको सिट निजी विद्यालयबाट एसईई गरेकालाई दिँदै आएका छौं । विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएकालाई कलेजले मेरिट लिष्टका आधारमा, दलित, महिला र दुर्गम जिल्लाबाट आएका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ । त्यसका अलावा कलेजले सिटिजन वैंकसंगको सहकार्यमा विदार्थीलाई शैक्षिक ऋण उपलब्ध गराउँदै आएको छ । विद्यार्थीले इन्जिनियरिङ अध्ययन गरुन्जेल ५ लाख रुपियाँ ५ प्रतिशत व्याजदरमा व्याज मात्र तिर्ने गरी प्रदान गर्दै आएको छ । विद्यार्थीले आफ्नो पढाइ सकेपछि मात्र सावाँ भुतानी गर्ने व्यवस्था मिलाएको छ । एउटा विद्यार्थीले व्याचलर अफ इन्जिनियरिङ सक्नलाई १० लाख १३ लाख रुपियाँ सम्म कलेजले लिने गरेको छ ।

इन्जिनियरिङका विद्यार्थी स्नातकपछि किन धेरै विदेसिन्छन् ?

इन्जिनियरिङको व्याचलर विदेशमा भन्दा नेपालमा नै राम्रो छ । तर मास्टर चाहिँ बढी चाखपूर्ण, अनुसन्धानमूखि विदेशमा हुने गरेको छ । विदेशमा विश्वविद्यालयको अनुसन्धानलाई आधाकारिक मानिन्छ तर नेपालमा यस्तो हुन सकेको छैन । विदेशमा व्याचलर लेवलमा स्कलरसिप पाउँदैनन् । कतिपय देशमा नेटिभ ल्याग्वेजमा नै पढ्नुपर्छ । मास्टरसमा इन्जिनियरिङका सबै विद्यार्थी पाउँछन् । त्यसैले धेरै विद्यार्थी विदेश जान्छन् । दुईटा तीनटा ठुलो प्राजेक्ट सुरु गर्दा नेपालमा इन्जिनियरको अभाव हुन्छ । इन्टेकको जस्तो छ आउटपुट त्यस्तो छैन । इन्टेकमा ६–८ हजार विद्यार्थी भर्ना भए पनि त्यसमा ४०—५० प्रतिशत मात्र छ ।

विश्वविद्यालयको पाठ्यक्रम समय सापेक्ष छ ?

एक वर्षमा नै प्रविधिले फड्को मार्दै गइरहेको छ । त्यसैले हरेक वर्ष परिमार्जन गर्न जरुरी छ तर विश्वविद्यालयले पनि यसो गर्न सकेका छैनन् । पोखरा विश्वविद्यालयले इलेक्टिभ कोर्ष भनेर केही विषय राखेको छ । यसले समय सुहाउँदो गरी पाठ्यक्रम कार्यान्वयन गर्न सकिन्छ तर यो पनि प्रभावकारी रुपमा लागु गर्न सकिएको छैन । कतिपय विश्वविद्यालयले लामो समयसम्म पाठ्यक्रम रिभिजन गर्न राखेका छैनन् । सबै विश्वविद्यालय अहिले करिकुलम रिभिजन गर्ने तयारीमा छन् । यसले समय सुहाउँदो पाठ्यक्रम तयार गर्नेमा विश्वस्त छु ।

कस्ता विद्यार्थीले इन्जिनियरिङ पढ्ने ?

इन्जिनियरिङ भनेको गाह्रो विषय हो । आजभोलि विद्यार्थीमा मेहनत गर्ने बानी हटेको छ । इन्जिनियरिङ पढ्नेको म्याथम्याटिक्समा रुचि हुनुपर्यो । म्याथमा दिक्क लाग्नेले इन्जिनियरिङ नपढे पनि हुन्छ । कलेज बाँहेक दिनको ४–५ घण्टा पढ्न सक्नेले मात्र यो विषय पढेहुन्छ । यो विषय भनेको हरेक क्षेत्रमा भविष्य भएको विषय हो । चार वर्ष स्नातक सकेपछि सिधै रोजगारीका अवसर हुने विषय हो । उच्च शिक्षाका लागि विदेशी छात्रवृत्ति पनि सजिलै पाउन सकिन्छ । तर म्याथम्याटिक्स दिक्क लाग्ने र पढ्ने बानी नहुनेले यो विषय नरोजेपनि हुन्छ ।