After SEE Portal

सीपमूलक शिक्षामा जोड दिऔँ : मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङ

Bridge Course

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसब्बा गुरुङले व्यावसायिक र सीमूलक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।

सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा आजबाट कात्तिक ९ गतेसम्म सञ्चालन हुने विश्वशान्ति विराट नवाह ज्ञान महायज्ञ कार्यक्रममा उहाँले पढेका आधारमा रोजगारी नपाइने भएकाले शिक्षालाई सीपसँग जोड्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले भन्नुभयो, “राम्राराम्रा प्राध्यापकलाई कसरी ल्याउन सकिन्छ, राम्राराम्रा विषयमा पढाइ कसरी गर्न सकिन्छ भन्ने विषयमा कहिले अध्ययन भएन, त्यसतर्फ ध्यान दिऔँ ।” उहाँले हचुवाको भरमा अघि नबढी एउटा हातमा सीप र अर्को हातमा ज्ञान भएको ‘सर्टिपिकेट’ लिने र व्यावसाय गर्ने क्षमताका नागरिक तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

शैक्षिक केन्द्र, शैशिक सङ्घसंस्था, क्याम्पस, विद्यालयमा शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “विद्यमान अवस्थाको अन्त्य नगरी युवाको भविष्य उज्वल बनाउन सकिदैन । गण्डकी प्रदेश सरकारले व्यावसायिक शिक्षा र सीपमूलक शिक्षामा जोड दिन्छ ।”

शैक्षिक गुणस्तर अभिवृद्धि एवं क्याम्पसको ‘कम्पाउण्ड’ लगाउन, क्याम्पसको निर्माणधीन भवन सम्पन्न गर्न, सुन्दरबजार नगरपालिकामा नै पहिलो स्नातकोत्तर तह सञ्चालन गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक ध्रुवबहादुर कुँवरले बताउनुभयो ।

महायज्ञमा प्रत्येक दिन सुमधुर प्रवचन, दिव्य झाँकी, नृत्य र रोचक एवं सन्देशमूलक नाटक प्रस्तुत, राष्ट्रियस्तरका ख्याति प्राप्त सङ्गीतमय र लिलामय कलाकारको उपस्थिति र प्रस्तुती रहनेछ । क्याम्पस प्राङ्गणमा विश्व विख्यात श्रीमद् भागवत कथा बचाक बालयोगेश्वर महाराज र नेपाल बौद्ध महासङ्घका महासचिव त्रिपिटक तथा बौद्ध धर्म बाचक खेन्पो कमल भण्डारीले कथा बाचन, विश्व शान्ति पाठ साथै धार्मिक तथा सांस्कृतिक एवं ऐतिहासिक सङ्गीतमय लीलामय श्रीमद् भागवत त्रिपिटक नवाह विराट ज्ञान महायज्ञ अवधिभर हुने आयोजनकले जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books