After SEE Portal

‘विज्ञान र प्रविधिमैत्री शिक्षामा आवश्यक’ : शिक्षामन्त्री गिरीराजमणी पोखरेल

Bridge Course

लहान, ११ कात्तिक (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई विज्ञान र प्रविधिमैत्री बनाउनुपर्नेमा जोडदिनु भएको छ ।

सदरमुकामस्थित चन्द्र मावि सिरहामा तीन वर्षे सिभिल इन्जिनियरिङ कोर्षको आज उद्घाटन गर्नुहुँदै उहाँले विज्ञान र प्रविधिलाई शिक्षामा व्यपाक स्तरमा भित्र्याउनुपर्ने बताउनुभयो । विज्ञान र प्रविधिद्वारा शिक्षामा हस्तक्षेप नगरिएमा धेरै राम्रा कुरा गर्न नसकिने उल्लेख गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले २२ बुँदे सार्वजनिक विद्यालयको सुधारको कार्यक्रम घोषणा गरेको र कार्यान्वयन गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहले ‘एक्सन प्लान’ बनाएर अगाडि बढ्नुपर्ने बताउनुुभयो । 

सामुदायिक विद्यालयको परिणाम राम्रो नभएकाप्रति चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयमा धेरै ठूलो लगानी गरेपनि भनेजस्तो रिजल्ट र प्रतिफल आउन नसकेको गुनासो गर्नुभयो । 

A Levels MA
Thuprai - Books and E-books