After SEE Portal

विश्वका ४७ प्रतिशत विद्यालयमा साबुन पानी छैन, ९० करोड बालबालिका प्रभावित

Bridge Course

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापि रुपमा संक्रमण फैलिरहेको अवस्थामा साबुन पानीको पहुँच अझै पनि अर्बौंको पहुँच बाहिर रहेको युनिसेफले निष्कर्ष निकालेको छ । युनिसेफका अनुसार विश्वका ४७ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने सुविधा छैन । फलस्वरुप विद्यालय उमेर समूहका ९० करोड बालबालिका प्रभिावित भएका छन् । संसारभरका एक तिहाई विद्यालय तथा अति कम विकसित राष्ट्रका आधाजसो विद्यालयमा बालबालिकाहरूलाई हात धुने ठाउँ छैन ।

युनिसेफका अनुसार संसारभर कोरोनाको संक्रमण फैलँदै गएको भएपनि धेरै ठाउँमा बालबालिका, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका अन्य सदस्यलाई आफ्नो घर, स्वास्थ्य संस्था, विद्यालय र अन्त कतै पनि हात धुने आधारभूत सुविधा उपलब्ध नभएको निष्कर्ष निकालेको हो ।

युनिसेफका अनुसार विश्वका ४० प्रतिशत जनसंख्या, अर्थात् ३ अर्ब मानिस साबुन पानीले हात धुने सुबिधा बाहिर रहेका छन् । नेपालका सहरी क्षेत्रमा बसोबास गर्ने ३३ प्रतिशत वा १० मध्ये ३ जना मानिसहरू साबुन पानीले हात धुने सुविधा बाहिर रहेका छन् ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books