पाल्पामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पाल्पा, २८ कात्तिक (रासस): जिल्ला प्रहरी कार्यालय पाल्पाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

रामपुर नगरपालिका–१० स्वामीभञ्याङस्थित सिद्ध प्राविका कक्षा ३ मा अध्ययनरत ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । गरीब , विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भने प्रहरीले व्यक्ति तथा विभिन्न संस्थाबाट शैक्षिक सामग्री सङ्कलन गर्दै आएको छ ।

जिप्रका पाल्पाका प्रहरी निरीक्षक दीपेन्द्र जिसीले विद्यार्थीलाई कलम, कापी, पेन्सिल, कटर र इलेजरलगायतका शैक्षिक सामग्री वितरण गरेको सामुदायिक प्रहरी सेवाका अध्यक्ष जयप्रकाश उप्रेतीले जनाकारी दिनुभयो । प्रहरी निरीक्षक जिसीले प्रहरीको सानो सहयोगका कारण विद्यार्थीको पढाई प्रभावकारी हुने बताउनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा रामपुर नगरपालिका–१० का वडाध्यक्ष लीला गाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहरसिं विकले आर्थिक रुपबाट विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरी ठूलो गुन लगाएकामा प्रहरीको प्रशंसा गर्नुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal