After SEE Portal

जुम्लामा बालबालिकालाई शैक्षिक सामग्री वितरण

Bridge Course

खलङ्गा, २३ साउन (रासस): जुम्लाका दुई हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

साविकको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिकाको गज्र्याङकोट, डिल्लीचौर, तातोपानी रकुडारीका टुहुरा बालबालिकाले शैक्षिक सामग्री पाएका हुन् । 

टुहुरा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको सामाजिक परिचालक दीपकबहादुर शाहीले बताउनुभयो । आमाबाबाविहीन बालबालिकालाई लक्षित गरी गैरसरकारी संस्था किडार्क नेपाल जुम्लाले टुुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरण गरेपछि बालबालिका खुशी भएका छन् र आफ्नो पढाइस्तरमा सुधार आउने बताएका छन् । 

बालबालिकाको पढाइ सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको शाहीले बताउनुभयो । यी बालबालिकालाई जलवायु परिवर्तनसम्बन्धी अभिमुखी तालीमसमेत दिइएको छ । रु पाँच लाख १४ हजार ८० बराबरको सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books