सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

बनेपा, ५ असार (रासस) : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई लायन्स क्लब अफ काठमाडौँको आयोजनामा विद्यालय पोशाक, शैक्षिक तथा खेलकूदका सामग्री वितरण गरिएको छ ।

क्लबको आयोजनामा विद्यालयका २०० विद्यार्थीलाई ट्रयाक–सुट, कक्षा १ देखि १० सम्मका प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई स्टेशनरी तथा खेलकूद सामग्री वितरण गरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तेज केसीले बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको विद्यालयका विद्यार्थी जसमा केही अभिभावकले पोशाकसमेत खरीद गरी उपलब्ध गराउन नसकेको अवस्था रहेकोमा आफूहरुको अनुरोधमा लायन्स क्लब अफ काठमाडौँको आयोजनामा विद्यालय पोशाक र शैक्षिक सामग्री उपलब्ध गराएको बताउनुभयो । सो सहयोगबाट विद्यालयका शैक्षिक विकासमा थप सहयोग पुगेको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal