CMAT

शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्छ ः मन्त्री अर्याल

वालिङ, ११ पुस (रासस) ः भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अबको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्ने बताउनुभएको छ । 

स्याङ्जा वालिङ–१४ थुमपोखरामा रहेको जनहित माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन कार्यक्रममा आज उहाँले भन्नुभयो, “प्रमाणपत्र प्राप्त गर्नका लागि मात्रै शिक्षा नभई जीवन उपयोगी र कर्मयोगी बनाउनका लागि पनि शिक्षामा परिवर्तन आवश्यक छ ।” 

“हामीले पढ्ने शिक्षालाई कामयोगी बनाउनुपर्छ, शिक्षालाई कर्मसँग जोड्नुपर्छ, प्रमाणपत्रका लागि मात्रै होइन्”, मन्त्री अर्यालले भन्नुभयो, “अहिलेको सरकारले प्राविधिक र व्यावसायिक शिक्षाको कार्यान्वयनका लागि पहल गरिरहेको छ ।” 

उहाँले दूरीका आधारमा शिक्षालयबाट टाढाटाढा रहेका विद्यार्थीलाई आवाससहितको शिक्षाका लागि सरकार लागिपरेको चर्चा गर्दै दश कक्षा उत्तीर्ण गरेपश्चात् विद्यार्थीको रुचि र चाहनाअनुसारको प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गरिने छ भन्नुभयो । 

“विकास साझा विषय हो जसले गरे पनि हुन्छ”, मन्त्री अर्यालले भन्नुभयो, “गाउँ ठाउँको विकास जसले गरे पनि आखिर जनतालाई नै सहज हुन्छ ।” 

Thuprai - Books and E-books