After SEE Portal

शिक्षा सचिव दाहाल सेवा निवृत्त, को बन्ला नयाँ सचिव ?

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल सेवा निवृत्त भएका छन् । उनलाई एक कार्यक्रमको आयोजना गरी शिक्षा मन्त्री गीरिराजमणि पोखरेलले विदाई गरे ।

यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको नेतृत्व गरेका दाहाल गत ३ भदौ २०७७ मा शिक्षा सचिवको पदबहाली गरेका थिए ।

२०४४ सालमा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका दाहालले लामो समय श्रम र स्थानीय विकास मन्त्रालय अन्र्तगतका निकायहरुमा रहेर कार्य गरेका थिए ।

दाहाल ०४९ मा उपसचिव र ०६३ सालमा सहसचिव भएका थिए । उनी ०७२ साल असोजमा सचिवमा बढुवा भएका हुन् ।  शिक्षा सचिव दाहाल सेवा निवृत्त भएसंगै कसले शिक्षा सचिव सम्हाल्छ भन्ने कौतुहलता शिक्षा क्षेत्रका जानकारहरुमा हुन थालेको छ । 

A Levels MA