A Levels MA

शिक्षा मन्त्री र प्रधानमन्त्रीविच शिक्षा ऐन, विश्वविद्यालयको वर्तमान अवस्थाका विषयमा छलफल

शिक्षा ऐन र विश्वविदालयको बर्तमान अवस्थाका विषयमा विश्विद्यालयका कुलपति र सहकुलपतिविच छलफल सम्पन्न भएको छ । संघीय शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिच छलफल भएको हो ।

शनिबार बिहान बालुवाटारमा भएको छलफलमा संघीय शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन मन्त्री पौडेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको शिक्षा मनत्तीका प्रस संयोजक बिमल खड्काले जानकारी दिए । 

संयोजक खड्काले सामाजिक सञ्जालमार्फत मन्त्री पौडेल र प्रधानमन्त्री देउवाबीच विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दीलगायतको विषयमा छलफल भएको उल्लेख गरेका छन् ।  

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्रीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको  उनले जानकारी दिएका छन् । सो छलफलमा प्रधानमन्त्री देउवाले शिक्षा मन्त्री  पौडेलसहित सरोकारवालालाई संघीय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Thuprai - Books and E-books