After SEE Portal

पठन मेला

Bridge Course

नुवाकोट, १७ साउन (रासस) : वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । 

विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सान्नानी सापकोटाले बताउनुभयो । 
रुम टु रिडको सहयोगमा आयोजना भएको एक दिने पठन मेलामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकसमेत गरी ३००जनाको सहभागिता थियो । 

पठन मेलामा स्वतन्त्र पढाइ, सस्वर पढाइ, अक्षर अनुच्छेद लेखन र पढाइ दौड प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । स्वतन्त्र पठन प्रतियोगितामा जल्पादेवी माविका कक्षा चारका छात्रा भूमिका चालिसेले ४३ सेकेन्डमा १०४ शब्द पढेर प्रथम हुनुभयो भने सोही समयमा ९४ शब्द भएको पुस्तक पढेर आयूष प्याकुरेल द्वितीय हुनुभयो । 

अनुच्छेद लेखन प्रतियोगितामा चार मिनेट समयमा सबैभन्दा शुद्ध र राम्रा अक्षर लेखेर मान्द्रेढुंगा आधारभूत विद्यालयकी कमला राई प्रथम हुनुभयो । 

पढाइ दौड प्रतियोगितामा मान्द्रेढुंगाकै कक्षा ४ का छात्रा सन्जिता राई पहिलो हुनुभयो । विजयी विद्यार्थीलाई रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी र रुम टु रिडका वरिष्ट कार्यक्रमसहायक वटुराम भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो । 

A Levels MA
Thuprai - Books and E-books