After SEE Portal

त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

Bridge Course

गौशाला, १८ असोज (रासस): शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गर्नुभएको छ ।

शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर टिकाउन, सिकाउन एवं सक्षम बनाउने किसिमको शिक्षा प्रदान गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

स्थानीय त्रिभुवन माविमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले वर्तमान समयमा सामुदायिक विद्यालयमा सिकाइ केन्द्रित पद्धतिलाई समयसापेक्ष घोकाइ प्रवृत्तिलाई त्याग गर्दै नवप्रविधिले पठनपाठन गराउनुपर्ने कुरामा जोड दिनुभयो । मन्त्री पोखरेलले यसभन्दा अगाडि पहँुचको आधारमा खोलिएका विद्यालयलाई गुणको आधारमा मर्जर गरी वैज्ञानिक तवरले व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याउनुभयो।

कार्यक्रममा प्रदेशसभा सदस्य भरतप्रसाद साहले उचित भौतिक पूर्वाधारको अभावमा यहाँका विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउनका लागि मुस्किल परेको बताउनुभयो ।
नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालीम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन मावि गौशाला, जनता मावि रजखोर र वीरेन्द्र मावि बेलगाछीका कक्षा १ मा भर्ना भएका ५०० विद्यार्थीलाई गैरआवासीय नेपाली सङ्घले शैक्षिक सामग्री, झोला तथा पोशाक वितरण गरेको थियो ।

A Levels MA