प्राविधिक शिक्षामा जोड दिएका छौँ ः शिक्षामन्त्री

काठमाडौ,ँ ८ असोज, (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताउनुभएको छ । खामतेल विकास मञ्चको आज यहाँ दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले संसार नै प्रविधिमैत्री हुँदै गएकाले सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताउनुभयो । 

उहाँले मुलुकका धेरै ठाउँमा प्राविधिक शिक्षालय स्थापना भइरहेको जानकारी दिँदै अब प्राविधिक शिक्षाबिना शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्न नसकिने धारणा राख्नुभयो । ‘‘अबको युग नै प्रविधिको हो, हामीले प्राविधिक शिक्षामा जोड दिएका छौंँ,’’ मन्त्री पोखरेलले भन्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले प्राविधिक शिक्षा देशको आर्थिक विकासको आधार भएकाले सरकारले प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

खोटाङ जिल्लाको खामतेल भन्ने गाउँमा जन्मेर काठमाडौँमा विभिन्न पेशा व्यवसायमा सङ्लग्न व्यक्ति मिलेर स्थापना गरेको खामतेल विकास मञ्चको आज भएको अधिवेशनले डा भागवत आचार्यको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal