After SEE Portal

न्यून मूल्यमा गोजीमा ईसिजि

Bridge Course

नेपाल ईन्जिनीयरिङ्ग कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय, दोस्रो बर्षमा अध्यनरत विद्यार्थीहरुले ईसिजि उपकरण अत्यन्तै कम लागतमा बनाउन सफल भएका छन्। ब्याट्री बाट एक साता भन्दा बढी चल्ने सो उपकरण गोजीमा राखेर तत्काल प्रयोग गर्न सकिने छ ।

गत आईतबार नेपाल ईन्जिनीरिङ्ग कलेजले आयोजना गरेको प्रदर्शनीमा विद्यार्थीले सो उपकरण सार्वजनिक गरेका हुन् । करिब दुईसय बढी सहभागीहरुले उक्त उपकरण प्रयोग गरी ईसिजि परीक्षण गरेको कलेजले जानकारी दियो ।

सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चूडामणि भट्टराई, सिद्धार्थ कुमार यादव र सुवास कोइरालाले चौथो सेमेस्टरको मिनि प्रोजेक्ट अन्तर्गत बनाउँदै गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो मात्र रहेको छ ।

यसका् लागत दुई –तीनहजार रूपैयाँसम्म पर्ने सहप्राध्यापक श्रेष्ठले बताए । उक्त उपकरणमा मुटुको ईसिजि प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन र प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने, मुटुको धड्कनको गति देखाउने सकिने श्रेष्ठको दावी छ । तर छिट्टै त्यसमा आवश्यक सुधार गर्दै ब्लुतूथ तथा वाईफाईका माध्यमले अन्य विद्युतीय साधनसँग जोडिने निर्माण समूहका विदार्थीले बताए ।

यसले मुटुका बिरामीको यथास्थितिका बारेमा डाक्टरसमक्ष प्रत्यक्ष जानकारी पठाउन सकिने उनीहरुले बताए। विशेष गरी उक्त उपकरणलाई गाऊँका स्वास्थ्य संस्थामा बिरामीजाँच गर्न र मुटुका बिरामीले चौवीसै घण्टा आफ्नो मुटुको सजिलै निरीक्षण गर्न सक्ने, सस्तो र भरपर्दो साधनको रुपमा विकास गर्न आफूहरु लागिपरेको विद्यार्थीहरु बताउँछन् ।

यसको सफल परीक्षण पछि ईएमजि, ईईजि, जस्ता उपकरणमा पनि आफ्नो चासो रहेको जानकारी दिँदै उनीहरुले चिकित्सा उपकरणलाई कसरी सर्वसुलव तथा सजिलै मर्मतसंभार गर्न सकिने खालका बनाउने भन्नेमा आफ्नो अध्ययन केन्द्रित रहने बताए ।

उनीहरुले युरोपबाट सोही विषयमा अनुसन्धान गरी फर्किएका आफ्ना सहप्राध्यापक श्रेष्ठलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग भए नेपालमै थुप्रै उपकरणहरु बनाउन सकिने बताए । बेला बेलामा हुने ईनजिनीयरिङ्ग प्रदर्शनीको खाँचो औँल्याउँदै उनीहरुले नेपाल ईन्जिनीयरिङ्ग कलेजले आयोजना गरेको ‘नेक ईन्जेनियम २०१९’आफूहरुका लागि एउटा सुवर्ण अवसर सावित भएको बताए।

यस्तै इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू बिनिता भट्टराई, संदिप राज घिमिरे र रेजिना विष्ट सम्मिलित समूहले आवाजबाटै घरायसी विद्युतीय उपकरणहरू अन अफ गर्न सकिने प्रविधिको विकास गरेका छन् ।

आई.ओ.टी. बेष्ड होम अटोेमेशन नाम दिईएको सो प्रविधिको प्रयोगले मोवाईल फोनबाट गुगल असिष्टेन्टको सहायतामा विद्युतीय उपकरणहरू (जस्तै बल्व, फ्यान) टाढैबाट अन अफ गर्न सकिने छ ।

यस्तै इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत अर्का विद्यार्थीहरू सरोज चौधरी, हिमाल दाहाल, निश्चल राई तथा चन्द्र प्रकाश रावल सम्मिलित समूहले आफ्नो परिधिभित्र आएका वस्तुहरुको वास्तविक स्थान, कोण र सापेक्षिक आकारको जानकारी दिन सक्ने प्रविधिको विकाश गरेका छन् ।

सोलार मनिटरिङ्ग सिस्टम नामक उक्त प्रविधिको प्रयोगले सुरक्षाको चुनौतीलाई हल गर्न मद्दत गर्दछ । त्यसै सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरू आशिष यादव, अनिल तिरुवा, सिदार्थ यादव र वाहिद मियाँहरूले ठूला ठूला कारखानाहरूमा सामान ओसार पोसार तथा अस्पतालको सरसफाईको कार्य गर्न सक्ने लाईन फलोइङ रोवोट बनाएका थिए ।

यस्तै इलेक्ट्रोनिक्स दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरू अनिल कुमार यादव, आनन्द कुमार यादव र बलराम रायले लर्न ए टु शेट विग फन नामक कम्प्युुटर सफ्टवेर बनाएका थिए । यसद्वारा बच्चहरूले सजिलै श्रव्य तथा दृष्यका माध्यमबाट अंगे्रजी बर्ण तथा शब्दहरू सिक्न सक्दछन् ।

A Levels MA