विद्यालय भर्ना हुनै संर्घष गर्ने दुवाडीले पाए कुलपति पदक

सडकमा पत्रिका बेच्ने हकर एकप्रसादले पाए पिएचडीमा कुलपति पदक

जजबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी कहलाउँदैनौं । तिमी किताब लिएर आफूलाई व्यस्त देखाउँदैमा विद्यार्थी हुन सक्दैनौ । त्यो किताबबाट के ज्ञान लिन सक्यौ, त्यो महत्त्वपूर्ण हो चन्द्र मोहन जैनको उद्गारलाई सम्झन्छन् काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक एकप्रसाद दुवाडी । अहिले उनी साप्ताहिक १५-१६ घण्टा विद्यार्थीलाई शिक्षा-दीक्षा दिन्छन् बाँकी समय अनुसन्धानमा लाग्छन् ।

यो संसारमा नाम अनुसारको काम धेरै थोरैको हुन्छ, उनी पनि त्यस्तै अपवाद हुन्, “एक प्रसाद” अर्थात् भगवानलाई चढाइने एउटा “पवित्र कुरा”। नाम जस्तै कर्म गर्छन्, पेसाले शिक्षक हुन् उनी । साहित्य, भाषा र व्यवसायिक संचारका शिक्षक हुन् । तर आफूलाई नयाँ नयाँ कुराको अन्वेषण गर्न सधै इच्छुक हुने विद्यार्थी नै मान्छन् । विगत डेढ दशक यता उनी काठमाडौं विश्वविद्यालयका विभिन्न स्कुलहरूमा संचार कौशल तथा अंग्रेजी प्राध्यापन गर्दै आएका छन् ।

नवीन कुराको खोजी गर्न, अनि नयाँ काम गर्न सधै तत्पर रही विद्यार्थीहरु लाई पनि उत्प्रेरित गर्छन् । विभिन्न संघसंस्थामा प्रशिक्षक भएर प्रभावकारी ढङले कसरी पढाउने भनेर तालिम दिन्छन्, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभाहरूमा लोभलागदो उपस्थिति जनाइरहेका उनलाई फुसर्दमा कथा कविता लेख्ने रहर पनि हुन्छ। पोखरा विश्वविद्यालयले आफ्नो सत्रौं दीक्षान्त समारोहमा कुलपति पदकले विभूषित गर्दा उनको खुसीको सीमा रहेन । पोखरा विश्वविद्यालयको पहिलो विद्यावारिधि (२०१९) प्राप्त गर्ने उत्कृष्ट अनुसन्धानकर्ता भएर गोल्ड मेडल पाउँदाको अनुभूति उनी शब्दमा व्यक्त गर्नै नसक्ने बताउँछन् । ‘खुसी त धेरै पटक भएँ होला तर गोल्ड मेडल पाउँदाको हर्ष शब्दमा व्यक्त गर्नै नसक्ने छ ।’ उनी भन्छन्, ‘कति खुसी, कति आनन्द शब्दमा अव्यक्त छन्, सायद त्यो तक्मा त एउटा सांकेतिक मात्र हो, यसको प्रभाव लाखौ गुणा भयो ।’

विद्यालय शिक्षा

सानै छँदा ज्योतिषले एकातिर पैसा र अर्कोतिर किताब राखेर रोज्न लगाउँदा किताब रोेजेका थिए रे ! दशै औलामा शङख छाप भएका उनलाई ती ज्योतिसले पण्डित नै हुन्छ भनेर भविष्य वाणी गरेका थिए रे दिदीको अनुसार! नभन्दै उनलाई सानैदेखि विद्यालय जान एकदमै मन लाग्थ्यो । बच्चैमा उनको सामान्य ज्ञान राम्रो थियो । उनी स्वभावले शान्त थिए, कम बोल्थे । संस्कृत र नेपाली पढाउने तोयनाथ गुरुले असाध्यै माया गर्थे । धादिङको एउटा गाउँमा एक मध्यम वगीय परिवारमा जन्मिएका उनको घर छेउमा कक्षा तीन सम्ममात्र पढाइ हुने कालिका प्रावि थियो उतिबेला । त्यो पनि आधा घण्टा हिडेर जानु पर्ने । उनी कक्षा चारमा पुग्दा सोही विद्यालयले कक्षा पाँचसम्म पढाउन थाल्यो ।

बच्चैदेखि उनलाई गणित विषय झन्झटिलो लाग्थ्यो ।

विद्यालय भर्ना हुँदै संघर्ष

 

विदा र शुक्रवारका दिन उनी पत्रिका र मैगजिनहरु वेच्थे अनि त्यसबाट आएको नाफाबाट कापीकलम र खाजाको जोहो हुन्थ्यो हप्ता भरिको लागि।

विद्यालय भर्ना हुन पनि घनघोर संघर्ष गर्नुपरेको थियो । दुई जना दाजुभाइमा कान्छो छोरो । बुबा सानैमा गुमाएका उनलाई स्कूलमा राम्रो वातावरण नभएका कारण आमाले विद्यालय पठाउन मानिनन् । विद्यालय गएपछि गुरुले आफ्नो काखको छोरोलाई पिट्छ भन्ने पीरले उनलाई सताएर छोरालाई विद्यालय नपठाउने अड्डी कसिन् । धेरै अनुनयविनय गरेपछि आमाको विश्वास जिते । उनी विद्यालय भर्ना भए । त्यो समयमा विद्यालय प्रशासन कडा थियो । विद्यार्थीले केही गल्ती गरेमा पिटिहाल्ने । बच्चैदेखि उनलाई गणित विषय झन्झटिलो लाग्थ्यो । कक्षा २ मा मान तालिका पढाउँदा कुटाइ खाएको अनुभव अहिले पनि ताजै छ । घर फर्किदा उनका पिँडुला सँगसँगै सपनाहरु नराम्ररी सुन्निए । आमाले “विद्यालय नजाँ, खेती गरेर खान पुग्छ” भनेर सुझाउनु भयो । तर उनी मानेन् । बरु जहिँल्यै म्याथको कक्षामा पहिल्यै उदाहरण हेरर जाने गर्थे । उदाहरण बाटै बुझेर गएपछि उनलाई त्यो समस्या पुनः कहिल्यै दोहोरिएन । बरु उनले गणितका सबै अभ्यासहरु साथीलाई पनि सिकाउन थाले । पछि त उनी तिनै गणित सरको प्यारो विद्यार्थी भए र पहिलो त्रैमासिकको रिजल्टमा प्रथम भए।

२०४३ तिर उनी यो भन्दा माथिको अध्ययनका लागि भनेर आफ्नै दाजुसंग काठमाडौं आए । कक्षा ६ देखि नवआदर्श माविमा भर्ना । गाउँ र यहाँको सिकाइको स्तर फरक थियो । कक्षा ४ देखि एविसीडी पढेका उनलाई अङ्ग्रेजी विषय चुनौतीका रुपमा देखा पर्यो । कक्षा एकदेखि प्रथम-द्वितीय हुँदै आएका उनलाई कक्षा सातमा रोल नं. ६ भए पछि केही खिन्न लाग्यो । सात पास सोही विद्यालयबाट गरे । कक्षा ८ देखिको उनको रोजाइको विद्यालय बन्यो विश्वनिकतेन मावि जहाँ उनी केही दिन ढिलो पुगेकाले कक्षा ६ मा भर्ना पाउन असफल भएका थिए।

दाजुको आर्थिक अवस्था बलियो नभइन्जेल उनले होस्टेमा हैंसे गरे– विदा र शुक्रवारका दिन उनी पत्रिका र मैगजिनहरु वेच्थे अनि त्यसबाट आएको नाफाबाट कापीकलम र खाजाको जोहो हुन्थ्यो हप्ता भरिको लागि। त्यो बेला नै सो विद्यालयमा प्रतिस्पर्धा कडा थियो । एउटा कक्षामा कम्तीमा पाँच सेक्सन हुन्थे । एउटामा ८० जना विद्यार्थी, ६ र ७ मा टप टेनमा परेका उनी नौमा सोही स्थान कायम गर्न सकेनन् । तर, कक्षा १० मा भने गुरु गम्भीरमान मास्के सर र गुरुआमा मञ्जु अधिकारीको प्रेरणाले पढ्नै पर्छ भन्ने हौसला र ज्ञान बढाइ दियो ।

गुरुआमाको प्ररेणाले साहित्यप्रति पनि रुचि जगायो । फलस्वरुप मदन पुरस्कार गुठीले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम भएर गोल्ड मेडल र रु. ४ हजार हात पारे, त्यसका साथै कविता प्रतियोगिता र हाजिरीजवाफमा पनि केही थान पदक ल्याउने काम गरे। ‘आफू कन्फिडेन्ट थिइनँ तर गुरुहरुको प्रेरणाले पखेटा उम्रिएको जस्तो अनुभव गरेर सो प्रतियोगितामा भाग लिए ।’ उनी थप्छन्, ‘गोल्ड मोडल र नगद रु. ४ हजार हात पार्दा त्यो ४ हजारको महत्व धेरै भयो । त्यसपछि गम्भीरमान मास्के गुरुले अझ राम्रो गर्न सक्छन् भनेर घच्घचाउनुभयो। उतिबेलाको फलामको चिउरा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । एसएलसी पनि प्रथम श्रेणीमा पास गरे, “त्यो वर्ष जम्मा २४ प्रतिशत मात्र पास भएका थिए भने प्रथम श्रेणी र त्यो भन्दा माथि ल्याउने देशभरका करिव ४००० जना मात्र थियौं ।”

उच्च शिक्षा

उच्च शिक्षाका लागि उनी पाटन कलेजमा भर्ना भए । वायोलोजीमा आइएस्सी गरे । सुरुमा डाक्टर बन्ने सपना थियो । आएस्सी त गरे तर चिकित्सा शिक्षा गर्नलाई उतिबेला प्रशस्त मेडिकल कलेजहरु र सिटहरु थिएन । त्रिविको चिकित्सा शिक्षामा प्रतिस्पर्धा कडा थियो ।त्यसैले बिएस्सी अध्ययनका लागि अस्कल कलेजमा भर्ना भए । भर्ना त भए परिवारको अवस्थाले उनलाई केवल विद्यार्थी भएर पढ्ने अवसर दिएन किनकि दाजुको काँधमा परेको बोझ हल्का गर्ने अठोट गरेका थिए।

उनी पढाउँदै पढ्न थाले आफू ९-१० कक्षामा पढ्दा खेरि नै ७-८ कक्षामा पढ्ने भाइहरुलाई सहयोग गर्ने काम पाए। सुरुमा घरमा ट्युसन पढाउने उनी केही समयपछि सिद्धार्थ वनस्थली स्कुलमा स्थाई निम्न माध्यामिक शिक्षक भएर पढाउन थाले । काम गर्दै पढ्दै गर्नुपर्ने भएका कारण उनलाई प्रयोगात्मक कक्षामा समस्या भयो र अंग्रेजी साहित्य तिर लम्किए। त्यसपछि उनले सरस्वती कलेजबाट बिए उत्तीर्ण गरे, लोकराज रेग्मी, इन्द्र थापा सरहरुबाट निकै प्रभावित भए।

उनले आफूलाई सधैं व्यस्त राखे । अंग्रेजी मूल विषय राखेर स्नातक उत्तीर्ण गरे । काम गर्दै पढ्दा अनुभवी सहकर्मीहरु बाट धेरै बुझें । उनले पढाउने कला गम्भीरमान मास्के गुरुबाट पाए जसले अंग्रेजी मात्र होइन जीवनको व्याकरण सिकाए। उनी गुरुलाई पनि सघाउथे, गम्भीरमान सरकै शिक्षण विधि अपनाएर पहिले शिक्षण गर्दै आए जुन केही हदसम्म प्रभावकारी रह्यो।

एमएका लागि आरआर कलेजमा भर्ना भए । विहानको कक्षा लिए । पढ्ने, लेख्ने, काम पनि गर्न पाउने उनलाई अझ आनन्द नै भयो । मेजर इङ्लिस लिएका सयौको समूहमा २००४ इस्वि मा रेगुलर पास गर्ने चार-पाँच जनाको ग्रुपमा उनी एक भए र २००५ को दीक्षान्त पछि उनको यात्रा काठमाडौं विश्वविद्यालयसँग सुरु भयो।

विद्यावारिधिको सपना सानोमा कखग सिकाउँदै गर्दा उनलाई नेपाली पढाउने गुरु सानो पण्डित तोयनाथ दुवाडीले “तिमीले विद्यावारिधि गर्नुपर्छ किनकि मेरा अरु विध्यार्थी मा त्यो ल्यागत छैन” भनेर सपना देखाउनु हुन्थ्यो रे ! उनको मास्टर सकिए ताका अहिलेको जस्तो ग्लोवललाइजेसन भएको थिएन, मास्टर्स गरेपछि तुरुन्त पढ्ने योजना बनाउन सकेनन् । फेरि स्कुल परिवर्तन गरेर धुलिखेलमा पढाउन थाले ।

शिक्षणकै क्रममा उनलाई एमफिल गर्नै पर्ने महसुस गरेर २००७ इस्विमा केयुको एमफिल कार्यक्रममा भर्ना भए । यसको अलवा देशविदेशका प्रतिष्ठित संस्थाहरुबाट तालिम लिने अवसर छोडेनन्। सानै देखि थालेपछि काम पूरा गर्नुपर्छ भन्ने सोच थियो । उनले २००९ एमफिल गरे । त्यसपछि विदेश जान तयारी गरे जिआरइ र टोफल परीक्षा दिएर कोशिस गरेको केही वर्षमा तीनओटा देशबाट उनलाई अफर पनि आएपनि आमाले लामो समयकोलागि विदेश जान नदिएपछि नेपालबाट गरौं भनेर पोखरा विश्वविद्यालयबाट विद्यावारिधि गर्ने निधो गरे किनकि त्यो पहिलो ब्याच थियो ।

विद्यावारिधिमा उनले नेपाली अस्पतालमा विरामी र डाक्टरहरुको संचार ढाँचा कस्तो छ भनेर अनुसन्धान गरेर थेसिस लेखे । राजनीतिक कारण, विश्वविद्यालयको नेतृत्व परिवर्तन, आन्दोलान हुने लगायतका कारण उनको विद्यावारिधिको समयावधि सोचेको भन्दा अलि लामो भयो । संयमता तथा धैयर्ता राखेर उनले यो पनि पुरा गरे । उनको भाइवा २०१९ मार्च मा सम्पन्न भएको थियो । त्यो समय उनलाई कुलपति पदक पाउँछु जस्तो लागेको त थिएन तर उक्त विश्वविद्यालयको पहिलो विद्यावारिधि भएर जिके किताबमा नाम लेखिन्छ कि भन्ने सोचेका थिए ।

‘धर्मपत्नी सिन्धु, छोरा-छोरी संस्कृति संयम, दाजु-भाउजू, भतिजा-भतिजीहरु, दिदीहरु-भान्जा भान्जीहरु, विद्यार्थीहरु, कर्मथलो काठमाण्डौ विश्वविद्यालय, गुरु गम्भीरमान मास्के, तोयनाथ गुरु, मञ्जु गुरुआमा लगायत विद्यावारिधिका सुपरभाइजरु प्राडा अम्म राज जोशी, प्राडा आनन्द शर्मा तथा प्राडा लक्ष्मण ज्ञवाली, एमफिलका सुपरभाइजर प्राडा श्रीराम लामिछाने, एमएका सुपरभाइजर प्रा ऋषिकेस उपाध्याय र विशेषगरी आमा जो दिनदिनै कलश थापेर पूजा गर्नुहुन्छ ले गर्दा यो सफलता पाएको हुँ ।’ हर्षित हुँदै भन्छन्, ‘ दुई दिन अघि थाहा पाएको पदक दिने निर्णय नै मेरा लागि ठूलो पुरस्कार भयो ।’

विद्यावारिधिका लागि डाक्टर अफ फिलोसोफी इन हुमानिटी एण्ड सोसियल साइन्स

नयाँ कुरा गर्नुपर्छ भन्ने हुटहुटी थियो । साइन्स पढेर कर्मशील हुन सिके । चलिराखेको ट्रेन नगरेर नयाँ गर्ने बानी बस्यो । एमफिलमा पनि थेसिस प्राइभेट स्कुलमा काम गर्ने शिक्षिकाको समस्या सम्बन्धी विषयमा गरे । बजारमा उपलब्ध आफ्नै गुरुहरुसंग प्रतिस्पर्धा गर्नुभन्दा नयाँ विषयमा गर्नुपर्छ भनेर यो विषय रोजे ।

कल्चरल एक्सचेन्ज कार्यक्रममा अमेरिका जाने अवसर पाए २०१३ तिर । “त्यहाँ जताततै हेल्थ कम्युनिकेसनमा चर्चा परिचर्चा भएको पाएँ तर नेपालमा त्यस्तो थिएन। त्यसैले नयाँ विषय रोजेको हुँ| । कलेज, विषय र विश्वविद्यालय छनोट पक्कै पनि स्नातक, स्नातकोत्तर बाहिर गर्नु छ भने त्यही अनुसारको विषय छनोट गर्नु पर्छ । के गर्ने हो ? आफू के बन्ने हो ? सोही अनुसारका विषय छनोट गर्नुपर्छ परम्पारगत विधिले अध्ययन गर्दा राम्रो नतिजा आउँदैन । सिर्जनात्मक उत्तर लेख्न सिक्नुपर्छ । फूल मार्क नआए पनि क्रिएटिभ हुन सधै प्रयत्न गर्नुपर्छ । आफ्नो रुचि एकातिर काम अर्कोतिर अनि पढाइ अर्कोतिर भए उपलब्धि राम्रो हुन्न । आफूलाई सहज हुने खालको कलेज छनोट गर्नुपर्छ । आफू के बन्ने हो सो निर्णय गरेर मात्र विषय छनोट गर्नुपर्छ । समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ अनि सफलताले पछ्याउँछ ।

कलेज, विषय र विश्वविद्यालय छनोट

पक्कै पनि स्नातक, स्नातकोत्तर बाहिर गर्नु छ भने त्यही अनुसारको विषय छनोट गर्नु पर्छ । के गर्ने हो ? आफू के बन्ने हो ? सोही अनुसारका विषय छनोट गर्नुपर्छ परम्पारगत विधिले अध्ययन गर्दा राम्रो नतिजा आउँदैन । सिर्जनात्मक उत्तर लेख्न सिक्नुपर्छ । फूल मार्क नआए पनि क्रिएटिभ हुन सधै प्रयत्न गर्नुपर्छ । आफ्नो रुचि एकातिर काम अर्कोतिर अनि पढाइ अर्कोतिर भए उपलब्धि राम्रो हुन्न । आफूलाई सहज हुने खालको कलेज छनोट गर्नुपर्छ । आफू के बन्ने हो सो निर्णय गरेर मात्र विषय छनोट गर्नुपर्छ । समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ अनि सफलताले पछ्याउँछ ।

अन्त्यमा

दत्तचित्त भएर लाग्नुहोस् । केही पनि गाह्रो छैन, केही पनि सजिलो छैन यो कुरा हाम्रो दृष्टिकोण र अभ्यासमा भरपर्छ। दर्शक भएर मात्र विद्यार्थी बस्नु हुँदैन । हेरक क्रियाकलापमा विद्यार्थी आफै सहभागी हुनुपर्छ । सहभागिताका लागि बाटो बनाउनुपर्छ । गल्ती होला कि भनेर नडराउनुस्, किनकि यसबाट धेरै कुरा सिकिन्छ । प्रशस्त मिस्टेक गर्नुहोस् तर त्यसलाई सुधार गरेर अघि बढ्यो भने विद्यार्थी सफल हुन्छन् । ठुलो घर, कार, पाखुरा ठुलो भएको मान्छेलाई मात्र सलाम ठोक्ने होइन समाजमा योगदान दिएका मानिसहरुको पहिचान गर्नुहोस् । इमान्दारीपूर्वक काम गर्ने मान्छेलाई इज्जत गर्नुहोस् । सत्यको पक्षमा लाग्नुहोस् । कामलाई वेवास्ता नगर्नुहोस । सधै व्यस्त राख्नुहोस् आफूलाई। तपाईले पछाडि फर्केर हेर्नुपर्दैन।

I Tech store