After SEE Portal

कोरोनाबाट जोगिन विद्यार्थीलाई चिकित्सकको सुझाव

Bridge Course

कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यसको अति उच्च जोखिममा नेपाल पनि रहेको भन्दै विद्यार्थीहरुले पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकले प्रतिक्रिया दिए ।

व्यक्तिगत सरसफाईमा मात्रै विशेष ध्यान दिन सकियो भनेपनि यसको जोखिमबाट  केहिहदसम्म बच्न सकिने चिकित्सकहरुले बताए ।कोरोनाभाइरस परिवारको भाइरस हो ।

चीनको हुबेई प्रान्तमा सिफुड ‘माछाजन्य जीव पाइने’ होलसेल मार्केटमा काम गर्ने व्यक्तिमा पहिलो कोरोना संक्रमण देखिएको थियो ।यस भाइरसले निमोनिया निम्त्याउँछ । जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी निस्कने, घाँटी दुख्ने संकेत देखिन्छ ।

संक्रमण गम्भीर बनेको अवस्थामा मानिसका अंगले काम गर्न छाड्छ । भाइरल निमोनिया निम्त्याउने भएकाले यसको संक्रमणपछि एन्टीबायोटिकले काम गर्दैन ।

फ्लूविरुद्ध प्रयोग हुने औषधिले यस भाइरस मार्न सक्दैन । संक्रमणबाट निको हुने सम्भावना मानिसमा रहेको प्रतिरक्षा प्रणालीमा निर्भर हुन्छ ।नयाँ कोरोनाभाइरस मानिसदेखि मानिसमा अत्याधिक सरेको देखिएको छ ।

कोरोना संक्रमितसँग नजिकैबाट बोल्दा उनको थुक, कफको थोपाबाट यस भाइरस सर्छ ।  कोरोना संक्रमितले छोएको वस्तुसँग मानिसको मुख, नाक र आँखा सम्पर्कमा आए यो भाइरस सने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

 

 

A Levels MA
Thuprai - Books and E-books