SEE Result 2082

विद्यालयमा सेनेटरी प्याड खरिदै नगरी थालियो वितरण

सामुदायिक विद्यालयका छात्राका लागि महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड खरिद गर्ने अत्तोपत्तो नभए पनि सरकारले  प्याड वितरणको औपचारिक थालनी गरेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाले गत वर्षदेखि मातहतका विद्यालयमा छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । त्यसमध्येकै जगेडा सेनेटरी प्याड सोमबार वितरण गरेर यस कार्यको औपचारिक थालनी भएको घोषणा गरियो ।

सिद्धिपुरको सिद्धिमङ्गल माध्यमिक विद्यालय परिसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई, नगर प्रमुख श्रेष्ठले सो विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीलाई प्याड हस्तान्तरण गर्नुभयो ।

त्यस्तै सोही समाचारलाई कान्तिपुर दैनिकले  छात्रालाई मासिक १६ सेनेटरी प्याड शीर्षक दिएर छापेको छ । 

+2 School
Counseling
Bachelors Portal