प्रविधिमैत्री शिक्षा भन्दा दुर शिक्षा र स्व : अध्ययन उत्तम विकल्प

पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको ‘शिक्षा’नोबेल कोरोना भाइरस (कोभीड -19) बाट अछुतो छैन। यसले हाम्रो शिक्षा क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भइसकेको छ । सहज वातावरण भएको भए यति बेला हामी कहाँ नयाँ शैक्षिक सत्र सुरु भई कक्षा सञ्चालन भइसकेको हुने थियो । शिक्षक विद्यार्थी कक्षाकोठामा रमाउँदै बसेको हुने थिए । तर बिडम्बना यस्तो हुन सकेन । शिक्षक विद्यार्थी लगायत सबै यो विश्वव्यापी संक्रमणबाट बच्न घरभित्र थन्किएर बस्नु पर्यो । अहिले हामी कहाँ नयाँ शैक्षिक सत्र सञ्चालन तथा पठनपाठनका विषयमा विभिन्न खालका बहस सुरु भएका छन् । हुनु स्वभाविक पनि हो । सबैले आआफ्नो अनुकूलको शिक्षणविधि चयन गर्न सुझाउँदै आएको सुन्न थालिएको छ ।

अहिले सबैतिर अनलाइन कक्षाका बारेमा चर्चा हुन थालेको छ । हामी अधिकांश  शिक्षकहरुले अहिले पनि स्माटबोडमा  कक्षा  सञ्चालन गरेकैं छैनौं । हाम्रा सबै विद्यालयमा  अहिले पनि इन्टरनेट तथा कम्प्युटरको सुविधा छैन । बिजुली बत्ति छैन । हामी अहिले पनि परम्परागत विधिका  भरमा  अधिकांश कक्षा सञ्चालन गरिरहेका छौं । व्याख्यान विधि तथा चक  डस्टरका भरमा नै छौं । त्यसैले प्रविधिको  पहुँचमा हामी सबै पुग्न सकेका छैनौं ।हामी शिक्षण गराउने शिक्षकको ज्ञान तथा क्षमताका बारेमा अध्ययननै नगरी यस्ता विषयले चर्चा पाइरहेका छन् । यो प्रतिकुल समयमा केही विद्यार्थीका लागि यो अनलाइन कक्षा सहज भए पनि अधिकांश नेपाली विद्यार्थीका लागि वर्तमान परिवेशमा यो संभव छैन । एकातिर सबै नेपाली इन्टरनेटको पहुँचमा छैनन् भने अधिकांश सामुदायिक विद्यालय पढ्ने बालबालिका गरिब तथा मजदुर परिवारका छोराछोरी छन् । उनीहरुलाई विहान बेलुका छाक टार्ननै मुस्किल हुने समयमा इन्टरनेटको पहुँच नपुर्याइ अनलाइन कक्षा सञ्चालन गर्नु भनेको कागलाई बेल पाक्यो हर्ष न विस्मत भने झै हुन्छ ।

नेपाल विकासशील राष्ट्र भएको र आर्थिक सर्बेक्षण २०७५/७६ मा ईन्टरनेटको जनघनत्व ५८.५९ प्रतिशत पुगेको कुरालाई मध्यनजर अवश्य गर्नुपर्ने हुन्छ। अन्य देशको सिको गरेर प्रविधि मैत्री सिकाइ गर्ने भनेर लाग्नु बालुवामा पानी हाले जस्तो हुन्छ । यद्यपि म प्रविधिको विरोधी भने हैन तर घाँटी हेरी हाड निल्नुपर्छ भन्ने मान्यता हो। यदी अहिलेको अवस्थामा नै यो कक्षा सञ्चालन गरिने हो भने अधिकांश शिक्षकले कक्षा सञ्चालन गर्नै नसक्ने तितो यर्थाथ एकातिर छ ।

कन्फ्युसियसको प्रसिद्ध उखानलाई यहाँ जोड्न सान्दर्भिक देखिन्छ " i hear and I forget, i see and i rebember , i do and i understand " को नेपाली अर्थ सिकेको कुरा सम्झिन्छ,गरेको कुरा बुझिन्छ र सुनेको कुरा बिर्सिन्छ तसर्थ विद्यार्थीहरुले पाठ्यपुस्तक पाएको खण्डमा उनीहरु हेरेर ,प्रयास गरेर धेरै सिक्छ्न । प्रविधिको विकल्पमा दुरशिक्षाबाट अध्यापन गराउन सकिन्छ किनभने रेडियो नेपालको पहुँच पुगेको जनसंख्या ८७% र ९०% भूगोलमा पुगेको छ (आर्थिक सर्बेक्षण अनुसार ) र ७४० एफ. एम. रेडियो संचालनका लागि अनुमति लिएका छन।

दूर शिक्षाको रूपमा रेडियोबाट अध्यापन, नेपालमा शिक्षक तालिम भइरहेको र रेडियो नेपाल देखि एसइइ दिने विद्यार्थीका लागि कक्षा संचालन भइरहेको कुरामा दुइमत हुन सक्दैन। तर्सथ ,दुर शिक्षाको रूपमा रेडियो नेपाल र नेपालका एफएमसंग सहकार्य गरी शिक्षा प्रदान गर्दा सबै बालबालिकाले अध्ययन गर्ने अवसर पाउछन् ।

सम्पूर्ण नेपालीको अभिभावको रूपमा रहेको नेपाल सरकारले बन्दाबन्दीको समयमा सम्पूर्ण विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराएर स्थानीय तहको समन्वयमा अध्यापन गराउन सक्नु पर्छ । विद्यार्थी र उक्त स्थानीय तहमा अध्ययन गर्ने विद्यार्थी समेतको आकडा निकालेर सम्भावना रहे सम्म सबै विद्यार्थीको घरमा पाठ्यपुस्तक उपलब्ध गराउनु पर्दछ । यदि सम्भावना नरहेको खण्डमा विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सामाजिक दुरी कायम गर्दै पाठ्यपुस्तक उपलब्ध गराउनु पर्दछ । भनिन्छ, विपत्ति बाजा बजाएर आउदैन त्यसैले यसको समाधानका लागि तत्पर रहनुपर्छ ।

निम्न कारणले गर्दा नेपालमा प्रविधिबाट अध्यापन गराउन असम्भव हुन्छ :-

-भौगोलिक दुरता

- संचार असुविधा

- सम्पूर्ण अभिभावकमा मोबाइल ,कम्प्युटर किन्ने क्षमता नहुनु

- सबै शिक्षकहरु संग यसको ज्ञान नहुनु,

-विद्युतको उपलब्धता सबै क्षेत्रमा नहुनु ।

निम्न कदम चालेर अध्यापन गराउन सकिन्छ :-

-शिक्षक द्वारा सहजीकरण गरेर,

-शिक्षकले संभावना भए सम्म दुई दिनमा मा एकपटक विद्यार्थीलाई पायक पर्ने स्थानमा सामाजिक दुरी कायम गरी सहजीकरण गर्ने,

-प्रत्येक शिक्षकको सम्पर्क नम्बर उपलब्ध गराएर,

- अभिभावकले सक्ने सम्म अध्यापनमा सहयोग गरेर (पाठ पढ्न लगाउने,उदाहरण हेरेर हिसाब लगायतका अभ्यास गर्न लगाउने)

कम्तीमा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेपछि उसले स्व:अध्ययन गर्ने समयमा आएका समस्याहरु विपत्ति सकिएर सहज वातावरण भएर पूर्ण रूपमा विद्यालय खुलेपछि समाधान गरी शैक्षिक सत्र अगाडि बढाउन सकिन्छ यसो गर्दा लकडाउन खुलेर विद्यालय संचालन भए पनि यसले शैक्षिक सत्रमा कुनै असर पर्दैन ।