After SEE Portal

तालाबन्दीका कारण प्राध्यापक र कर्मचारीहरूको वृत्तिविकासमा अवरोध

Bridge Course

नेपाल संस्कृत विश्वविद्यालय(नेसंवि)मा लामो समयदेखि गरिएको तालाबन्दी प्रति डा नवराज कट्टेलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको  बताएका छन् ।

 नेसंविका पूर्वसभापति कट्टेलले तालाबन्दीले गर्दा विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र प्रशासनिक कार्यहरू पूणर्रूपमा ठप्प भएका छन् । तालाबन्दीबाट शैक्षिक र परीक्षाका कार्यतालिका एवं नतिजा प्रकाशनका कार्यसमेत प्रभावित भएको उनले बताए ।

तालाबन्दीका कारण प्राध्यापकको र कर्मचारीहरूको वृत्तिविकासमा अवरोध सृजना भएको उनले बताए ।

 त्यस्तै सहप्राध्यापक पदका लागि हुनुपर्ने अन्तर्वार्ता र दक्ष जनशक्तिको प्रविष्टिमा समेत बाधा पुगेको छ । लामो समयदेखि भएको तालाबन्दीले गर्दा प्राध्यापक वर्ग र कर्मचारी पीडित भई अप्रिय परिस्थिति सृजना भएको छ भने संस्कृत विश्वविद्यालयको उपादेयता, गरिमा र प्रतिष्ठासमेत धूमिल हुँदै गइरहेको उनको भननाइ छ ।

 

शिक्ष्ँक छनोट परिक्षामा गडबडी गरेको भन्दै विश्वविद्यालय सेवा आयोगको कार्यालयमा ताला  लगाएको थियो ।

नेसंविले कर्मचारी तथा प्राध्यापकहरु नियुक्तिका  लागि १० असारमा र उपप्राध्यापक छनोटका लागि २१ असारमा परीक्षा तोकिएको थियो । तर आयोगले लिने परिक्षाको विश्वसनीयता माथि प्रश्न उठ्यो भन्देृ नेपाल विदँर्थीसंघले असार १० गते ताला लगाएको थियो ।

असार ९ मा तालाबन्दी भएपछि १० र २१ गते हुने भनिएको कर्मचारी नियुक्तीको परिक्षा रोकिएको थियो ।

सेवा आयोगले ३ जना प्राध्यापक, २ जना उपप्राध्यापक र ४९ तथा सहप्राध्यापक तथा २९ जना कर्मचारी नियुक्तिका लागि आवेदन खोलेको थियो।

प्रश्नपत्र निर्माणकर्ता विषय विशेषज्ञको नाम परीक्षा अगावै सार्वजनिक भएको लगायतको कारण देखाउँदै ताला बन्दी गरेका थिए ।

 

 

 

A Levels MA