After SEE Portal

कोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे छलफल हुँदै

Bridge Course

कोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको सचिवालयमा आज छलफल हुंदैछ।

कोभिडको दोस्रो अहर विश्वव्यापी रुपमा फैलिएसंगै यसको संभावित असर र न्यूनीकरणका लागि विकल्पको खोजी गर्ने बाटो खोज्ने निर्णय हुनेमा सम्बद्ध पक्ष आशावादी भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन  अघि विद्यालयमा  भीडभाड नगरी पठनपाठन सञ्चालन गर्न सार्वजनिक  सूचना जारी गरिसकेको छ । मन्त्रालयले हिजो प्रकाशन गरेको सूचनामा हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा  काठमाडौं, पोखरा लगायतका ठुला शहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरुमा संक्रमणको उच्च शतर्कता अपनाउन निर्देशन  दिएको छ । 

यसैविच, कोभिड १९ संक्रमण दोस्रो चरण विश्वव्यापी रुपमा फैलिन थालेपछि विद्यालय शिक्षा सम्बद्ध सरोकार वालाले बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न विकल्प प्रस्तुत गर्न थालेका छन् ।

प्रधानाध्यापक, शिक्षाप्रेमी तथा शिक्षाविद्ले जेठको पहिलो हप्तादेखि सञ्चालन हुने वार्षिक परीक्षालाई वैशाखको दोस्रो हप्ताबाट सञ्चालन गरी नतिजा प्रकाशन गर्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

‘विद्यालयहरू अझै सङ्क्रमणको उच्च जोखिममा छन् । विद्यालयहरूले जेठदेखि सञ्चालन गर्ने परीक्षालाई मध्यनजर राखी पठनपाठन अगाडि बढाइ रहेका छौँ, तर स्थिति भयावह हुन सक्ने अवस्था छ । यस्तो अवस्थामा जेठको पहिलो हप्तादेखि सञ्चालन हुने वार्षिक परीक्षालाई वैशाखको दोस्रो हप्ताबाट सञ्चालन गरी नतिजा प्रकाशन गर्ने निर्णय गर्दा उचित हुन्छ ।’ पद्यमोदय माविका प्रधानाध्यापक नारायण गौतम भन्छन्, ‘स्थिति अनुकुल नहुँदासम्म भीडभाड युक्त ठाउँमा अनलाइन् कक्षा सञ्चालन गरी आगामी शैक्ष्किा शैक्षिक सत्र जेठबाटै सुरु गर्ने वातावरण मिलाउन सम्बन्धित निकायको ध्यान जाओस् ।’

कोरोनाको कारण फेरि पनि विद्यालय बन्द भए के गर्ने ?

विषम परिस्थितिमा धर्यतापूवर्पक निर्णय लिनुहोस् । विद्यालय सिकाइको थालो हो यसलाई नरोक्नुहोस् । यस विषयमा पूर्व तयारी गर्नुहोस् । मानसिक रुपमा तयार रहेर भौतिक दुरी कायम राख्दै बालबालिकाको समिपमा नै रहनुहोस् ।

विद्यालयले आफ्ना सम्पूर्ण शिक्षकलाई क्षकलाई डिजिटल साक्षरताको तालिम दिनुहोस् । कम्प्युटरको साधारण ज्ञान, टाइप गर्ने सीप, पावर पइण्ट, सामान्य भिडियो एडिटिङ्ग सीप, जुम र गुगल मिट लगायतका एप्लिकेसन संचालन जस्ता सीप अहिले नै सिकाएर सबै शिक्षकलाई तयारी अवस्थामा राख्नुहोस् ।

अहिले सम्म विद्यालय बन्द भएको छैन यदि विद्यालय बन्द भइहाल्ने स्थिति आयो भने त्यो अवधीमा कुन कुन पाठपढ्ने, कसरी पढ्ने, घरमा के के गतिविधि कसरी गर्ने भन्ने कुरा विद्यार्थीसंग छलफल गर्नुहोस् । त्यसको लागि आवधिक पाठ योजना बनाएर टाइप गरी राख्नुहोस् । आवश्यक परेको अवस्थामा त्यसलाई प्रिन्ट गरेर विद्यार्थीलाई वितरण गर्न सक्ने अवस्थामा राख्नुहोस् ।

विद्यालय बन्द भएमा सिकाइलाई कसरी सुचारू राख्न सकिन्छ भनेर कक्षागत रुपमा अभिभावक भेला गरेर आफ्ना कुरा राख्नुहोस् । त्यस अवधीमा अभिभावकको भूमिका के हुन सक्छ, अभिभावकले सिकाइलाई कसरी सहजीकरण गर्ने भनेर सिकाउनुहोस् । अभिभावकको सहभागिताबिना यो अवधीमा सिकाइ सहज र प्रभावकारी हुन सक्दैन भनेर बुझाउनुहोस् । शिक्षकको भूमिका के हुन सक्छ, यस विषयमा अभिभावकसँग कसरी समन्वय गरिनेछ लगायतका विषयमा योजना बनाएर छलफल गर्नुहोस् । आफ्नो परिवेश अनुकूल निर्णय लिनुहोस् ।

निजी विद्यालयको हकमा शुल्क पनि जोडिने हुँदा अभिभावकलाई राम्रोसंग बुझाउनुहोस् । शिक्षकले गर्ने मेहेनत, सिकाइ उपलब्धी, प्रभावकारिता लगायतका विषयमा अहिले नै बुझाउनुहोस् । यस विषयमा स्थानीय निकाय, अन्य तालुकदार निकायसंग समन्वय गर्नुहोस्। आपसी सहमति र समझदारीभन्दा ठूलो कुरा केही हुन सक्दैन् यसैले सिकाइलाई सहमति र समझदारीमा अगाडि बढाउनुहोस् ।

सवै विद्यार्थीको सबै प्रकारको अभिलेख राख्नुहोस् । प्रत्यक्ष कक्षा लिन नसक्दा कुन विद्यार्थीसंग कसरी पहुँच स्थापित गर्न सकिन्छ भन्ने कुरा अहिले नै तयार गर्नुहोस् ।

कोरोना महामारीको यो दोस्रो आक्रमण हो । यसले नेपाललाई कसरी प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ । तर छिमेकी राष्ट्र भारतमा सल्किएको प्रकोप हेर्दा हामीलाई पनि प्रभाव पार्ने स्थिति देखिएको छ । आशा गरौँ यदि यसको कारण फेरि पनि विद्यालय बन्द हुने स्थिति आए यसलाई शैक्षिक रुपान्तरणको अवसरका रुपमा प्रयोग गरौं सिकाइलाई नरोकौं ।

 

A Levels MA
Thuprai - Books and E-books