After SEE Portal

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

Bridge Course

 विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गरेका छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गरे ।

 बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद बडू, शेरबहादुर केसी, चित्रबहादुर केसी, सूर्यमान दोङ, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद पाण्डेलगायतले लामो समयको अन्तरालपछि शिक्षा विधेयक आएकाले यसलाई अधिकतम्रूपमा कामयाबी बनाउन सुझाव दिए ।

समितिको सभापितमा अमरबहादुर थापाको चयन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठको नियुक्तिपछि विधेयकमाथि पहिलोपटक छलफल भएको हो ।

A Levels MA
Thuprai - Books and E-books