After SEE Portal

गुणस्तरीय शिक्षाका लागि छलफल

Bridge Course

बाजुरा, १४ कात्तिक (रासस) ः बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तरको बाधकका रूपमा रहेका सवालको पहिचानका लागि जिल्ला बाहिर गएर पढ्ने विद्यार्थीसँग मङ्गलबार छलफल गरेको छ । 

माध्यामिक तहको शिक्षा आर्जन गर्दाको अनुभव र जिल्ला बाहिर गएर उच्च शिक्षा आर्जन गरेको अनुभव आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताउनुभयो । छलफल अन्यन्त्र पढ्न गएका विद्यार्थीको सिकाइ र अनुभवलाई प्रयोग गर्ने उद्देश्यले आयोजना गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख एवं विद्यालय स्रोत व्यक्ति गम्भीरसिंह गुरुङले बताउनुभयो । 

भाषा, शिक्षण सिकाइ, पाठ्य सामग्रीको प्रयोग र दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा दिन नगरपालिकाले गर्न सक्ने प्रयासका विषयमा सिकाइ आदानप्रदान गरिएको थियो । उच्च शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीले अनुभव सुनाएका थिए । अनुभव र सिकाइ सङ्कलनका लागि जिल्लाका ९ स्थानीय तहमध्ये बडिमालिका नगरपालिकाले अभ्यासका लागि कार्यक्रम आयोजना गरेको र प्राप्त सुझाव तथा अनुभवलाई कार्यान्वयन गर्दै लैजाने नगर प्रमुख बडुवालको भनाइ थियो । 

A Levels MA
Thuprai - Books and E-books