After SEE Portal

मध्यपश्चिम विश्वविद्यालयलाई १५ दिन भित्र विवरण पेश गर्न निर्देशन

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयलाई १५ दिन भित्र विवरण पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्देशन दिएको छ ।  सम्बन्धन एवम् पदपूर्ति प्रक्रिया स्थगित भएको हो ।

प्रधानमन्त्री कार्यालयले हिजो निर्देशन दिँदै विश्वविद्यालयले सम्बन्धन दिएका आंगिक क्याम्पसहरूको वर्तमान अवस्था, विश्वविद्यालयसंग आबद्ध संकायहरू एवं कुल दरबन्दी संख्या, कुल आम्दानी र खर्च, भौतिक सम्पत्ति एवं संरचनाको अवस्था, १२ औँ विश्वविद्यालयसभाबाट प्रस्तावित विषय र पारित निर्णयहरू, नियमावली संशोधनका लागि आधिकारिक निर्णयलगायतका विवरणहरू प्रधानमन्त्री कार्यालयले माग गरेको हो ।

सम्बन्धन, पदपूर्तिसम्बन्धी विज्ञापनलगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्रधानमन्त्रीसमक्ष उजुरी परेपछि स्थगन गरी विवरण पेश गर्न निर्देशन दिएको हो ।

विश्वविद्यालयले वैशाख २१ गतेको निर्णय अनुसार २५ गते नै सम्बन्धन प्रक्रिया स्थगन गरिसकेको छ । विश्वविद्यालयले सार्वजनिक रुपमा सूचना जारी गर्दै जेठ २० गते सम्मका लागि उक्त प्रक्रिया स्थगन गरेको जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books