After SEE Portal

चिकित्सा शिक्षा स्नातकोत्तर तहको शुल्क निर्धारण

Bridge Course

यस वर्षका लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ ।आयोगले चिकित्साका विभिन्न विषयको शुल्क हिजो निर्धारण गरेको हो ।

आयोगका अनुसार एमडी/एमएस क्लिनिकल र एमडीएस क्लिनिकलको शुल्क २२ लाख ९९ हजार रुपियाँ रहेको छ ।

त्यसैगरी एमडी/एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपियाँ लाग्ने भएको छ ।

एमडी आयुर्वेदका लागि ९ लाख २४ हजार ३ सय ६५, एमएन/एमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० रुपियाँ  र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपियाँ तोकिएको छ ।

एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजी÷बायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० शुल्क आयोगले तोकेको छ ।

त्यस्तै एमफिल क्लिनिकल साइकोलोजीका लागि २ लाख ९३ हजार ६४५ रुपियाँ शुल्क निर्धारण गरेको आयोगले एक सूचनामा उल्लेख गरेको छ ।

अतिरिक्त शुल्क नतिर्ने विद्यार्थी परीक्षाबाट बञ्चित

सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी कलेजले निर्धारण गरेको अतिरिक्त शुल्क नबुझाउँदा परीक्षा दिनबाट बञ्चित भएका छन् ।

वीरगन्जको नेसनल मेडिकल कलेजमा अध्ययनर विद्यार्थी रामजी राम कलेजले तोकेको अतिरिक्त शुल्क नतिर्दा एमबीबीएस पाचौं वर्षको वाषिर्क परीक्षाबाट बञ्चित भएका हुन् ।

चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आईओएम) ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भए आफू परीक्षा दिनबाट बञ्चित भएको उनले बताए ।

परीक्षा र्फम भर्न २ दिन बाँकी समय हुँदै कलेजलाई अतिरिक्त शुल्क नतिर्न चिकित्सा शिक्षा आयोगका पदाधिकारीले सुझाएका कारण आफूले फर्म नभरेको उनी बताउँछन् । प्रवेशपत्र नभएपछि परीक्षा दिनबाट आइओएमका प्रतिनिधिले नै रोकेको उनको गुनासो छ ।

२०७२ सालदेखि सरकारी छात्रवृत्तिमा नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै आएका उनले कलेजलाई ७ लाख ५० हजार १३१ रुपियाँ अतिरिक्त शुल्क तिर्न बाँकी रहेको कलेज स्रोतले जानकारी दियो । यसअघि ८ लाख ११ हजार रुपियाँ अतिरिक्त शुल्कसमेत बुझाएका कलेजले जानकारी दियो ।

A Levels MA
Thuprai - Books and E-books