After SEE Portal

सीटीईभीटी रआयोगको विवादका विच परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले , डिप्लोमा – प्रमाणपत्र तहका पूर्ण शुल्कीय तर्फका सामान्य चिकित्सा, फार्मेसी र नर्सिङ कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र निर्धारण गरेको छ ।

डिप्लोमा–प्रमाणपत्र तहका सामान्य चिकित्सा, फार्मेसी र नर्सिङ कार्यक्रमको असार २८ र २९ गते प्रकाशित प्रवेश परीक्षाका लागि पूर्ण शुल्कीय तर्फको आवेदन फाराम  भरेका विद्यार्थीको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

 साउन २४ गते बिहान ८ बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने गरी । परीक्षा केन्द्र निर्धारण गरेको छ ।

सीटीईभीटीले शैक्षिक सत्र २०८०–०८१ चिशित्सा शिक्षाको प्रि–डिप्लोमा तहको  प्रवेश परीक्ष लागि  आवेदन माग गरेपछि चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको विवाद सतहमा आएको थियो ।

चिकित्सा शिक्षा ऐनले गरेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएको सीटीईभीटीले आयोगबाट सम्बन्धन सिफारिस नभएका, आयोगबाट सिट संख्या निर्धारण नभएका शिक्षण संस्थाहरुमा भर्ना खुलाएर विवादलाई सतहमा ल्याएको थियो ।

सीटीईभीटीले भर्नाको लागि सूचना निकालेपछि आयोगले पनि सूचना निकाल्दै सामान्य चिकित्सा (एचए), नर्सिङ, फार्मेसी, ल्याबलगायतका विषयमा आयोगले सिट संख्या निर्धारण नगरेको भन्दै विद्यार्थीलाई भर्ना नहुन आग्रह गरेको थियो ।

२०४५ सालको ऐनबाट स्थापित सीटीईभीटीले डिप्लोमा तहको चिकित्सा शिक्षा तथा प्राविधिक धारका शैक्षिक कार्यक्रम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्दै आइरहेको छ । त्यसैलाई निरन्तरता दिन खोज्दा आयोगबाट अवरोध भएको सीटीईभीटीको आरोप छ ।

आयोगको भने  ऐनको भावनाको दुरुपयोग गरेको आरोप छ । 

परीक्षा केन्द्र

A Levels MA
Thuprai - Books and E-books