After SEE Portal

सहमति जुटे पनि नियुक्ति हुन ढिलाइ

Bridge Course

शीर्ष नेताबीच सहमति जुटे पनि नाम सिफारिस हुन नसक्दा पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रा.डा. प्रेमनारायण अर्याललाई पोखरी विश्वविद्यालयको उपकुलपतिमा नियुक्तिका लागि सहमति जुटेको चार दिन बितिसक्दा पनि शिक्षामन्त्रीले उनको नाम औपचारिकरूपमा सिफारिस गरेका छैनन् । सर्च कमिटीमा शिक्षामन्त्री रहने व्यवस्था छ । नियमअनुसार तीन जनाको नाम सिफारिस भएपछि मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई उपकुलपतिको नियुक्त गर्ने प्रावधान छ । नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने र कृषि तथा वन विश्वविद्यालयमा प्रा.डा. पुण्यप्रसाद रेग्मीलाई आइतबार नै मन्त्रालयले नियुत्तिको पत्र दिइसकेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. लामिछानेले त्रिभुवन विश्वविद्यालयमा ४२ वर्ष प्राध्यापन गरेका छन् । नेपाली विषयका प्राध्यापक लामिछाने अहिले पनि नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुन् ।

उनले आफूले नेसंविका कार्यक्रमलाई मजबुतिका साथ प्राज्ञ र संस्कृतिलाई जोडेर अगाडि लैजाने बताउँदै पाठ्यक्रमलाई अद्यावधिक गर्ने तथा अनुसन्धानलाई आधुनिकतासँग जोड्ने बताए ।

त्यस्तै कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. रेग्मीले त्रिविको रामपुर कृषि क्याम्पसमा ३० वर्ष प्राध्यापन गरेका थिए । उनी कृषि अर्थशास्त्रका विज्ञ हुन् । उपकुलपति हुनु अघि उनी कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष थिए ।

उनले कृषि तथा वन विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि वातावरण सिर्जन ागर्ने बताउँदै सबैलाई समेटेर अगाडि बढ्ने धारणा व्यक्त गरे ।

पोखरा विश्वविद्यालयका लागि सहमति जुटेको तर नियुक्ति प्रक्रियामै रहेका ६६ वर्षीय डा. अर्यालले प्रारम्भिक बालविकासका बारेमा विद्यावारिधि हासिल गरेका छन् । त्रिविका ३९ वर्ष प्राध्यापन गरेका शिक्षाविद् डा. अर्याल हाल खुला विश्वविद्यालयका सिनेट सदस्य हुन् भने पूर्वाञ्चल विश्वविद्यालय तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका शिक्षा विषय समितिका अध्यक्ष हुन् ।

उनले आफू उपकुलपति भएपछि अनावश्यक राजनीतिक हस्तक्षेप हुन नदिई प्राज्ञिक आधारमा विश्वविद्यालय सञ्चालन गर्ने बताए । यसअघि उनको नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस भएको थियो । यतिबेला पोखरा विश्वविद्यालय पदाधिकारी, निर्देशक, डीन, परीक्षा नियन्त्रक लगायतका सबै पद रिक्त भएर समस्यामा गाँजिएको छ ।

 

A Levels MA
Thuprai - Books and E-books