After SEE Portal

चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्न माग

Bridge Course

वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत प्रदेशसभाका ११ सदस्यहरुले चीनको वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थीलाई सङ्घीय सरकारले छिटोभन्दा छिटो उद्धार गरी क्वारेन्टाइनमा राख्न माग गर्नुभएको छ ।

प्रदेशसभाका सदस्यले नोबेल कोरोना भाइरस रोगबाट प्रभावित नहुँदै स्वदेश फिर्ता ल्याई छुट्टाछुट्टै प्रकोष्ट कक्षमा चिकित्सकको निगरानीमा राख्नुपर्ने र घनावस्तीबाट टाढा राखी सर्वसाधारण नागरिकलाई उक्त प्रकोपबाट अलग राख्न पनि सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गर्नुभयो ।

उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रधामन्त्रीको निर्देशन बमोजिम सङ्घीय सरकारका विभिन्न निकायले चीनको वुहान शहरबाट विद्यार्थी ल्याउन अन्तिम तयारी भइरहेको र त्यहाँ विद्यार्थीको अवस्था बुझ्न उच्चस्तरीय चिकित्सकको टोली चीनतर्फ पठाइएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको कार्यक्षेत्रअन्तर्गत अहिले चितवनको भरतपुर, सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङमा हेल्थडेक्स स्थापना गरिएको र सर्वसाधारण नागरिकलाई सो रोगबाट प्रभावित नहुनेखालका जनचेतना जागृत गर्ने कार्यक्रम तर्जुमा गरिएको उल्लेख गर्नुभयो । मन्त्री दुलालले विदेशी पर्यटक भ्रमण गर्ने ऐतिहासिक पर्यटकस्थलमा तत्काल उपचार सेवालाई प्रभावकारी तुल्याउन चिकित्सकसहितको छुट्टै प्रकोष्ट कक्ष स्थापना गर्ने कार्यमा प्रदेश सरकारले तीव्रता ल्याएको जानकारी दिनुभयो ।

बैठकमा उद्योग, वन तथा वातावरणमन्त्री अरुण नेपालले सङ्घीय र प्रदेश सरकारले समन्वय गरेर पर्यटन वर्षलाई प्रभावकारी तुल्याउन प्रदेश सरकारले चालू आवभित्र रु एक अर्ब ६३ करोड बजेट विनियोजित गरिएको र मकवानपुरको दामन, इन्द्रसरोवर, रामेछाप, दोलखा तथा रसुवालगायतका ठाउँमा पनि नीतिगत कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो ।

आजको बैठकमा प्रश्नोत्तर कार्यक्रममा साझा विवेकशील पार्टीका तर्फबाट प्रदेशसभाका सदस्य रमेश पौडेलले राख्नुभएको पर्यटन वर्षको सन्दर्भमा प्रदेश सरकारको नीति कार्यक्रम के छ भनी पुरक प्रश्न सोध्नुभएको थियो । सोही बैठकमा विशेष समय लिएर बोल्नुभएका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संवैधानिक निकायले आफ्नो जिम्मेवारी बहन गर्दा स्वतन्त्र, स्वायत्त ढङ्गबाट कार्य सम्पादन गर्नुपर्ने धारणा व्यक्त गर्दै राजनीतिक हस्तक्षेपबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुक्त तुल्याउन माग गर्नुभयो ।

बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभाका सदस्य रमेश पौडेल, डा राजेन्द्रमान श्रेष्ठ, विजया केसी, सुरेन्द्रराज गोरसार्इं, राजकाजी महर्जन, केशव पोखरेल, विशाल खड्का, शान्तिप्रसाद पौडेल, प्रभात तामाङ, नरोतम वैद्य र मिना ज्ञवाली हुनुहुन्थ्यो ।

A Levels MA
Thuprai - Books and E-books