CMAT

सानोठिमी क्याम्पसको छात्रावासका गैर-विद्यार्थी हटाउन माग

Bachelors Portal

सानोठिमी क्याम्पसको छात्रावासमा बसीरहेका गैर विद्यार्थीलाई हटाउन माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

पटक पटक क्याम्पस प्रशासन र विद्यार्थीविच सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले पटक पटक भएको सहमति उल्ङ्घन गरेको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्डाइदिएका छन् ।  हिजो स्नातक तथा स्नातकोत्तरको कक्षा सकेर क्याम्पसमा भर्ना नभएका विद्यार्थीहरूलाई क्याम्पस प्रशासनले छात्रावासमा आश्रय दिएको हुँदा हिजो क्याम्पस प्रमुखको कुर्सी  क्याम्पस प्राङ्गडमा झुण्ड्याइदिएको विद्यार्थीले जानकारी दिए ।

 नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले क्याम्पस प्रमुख जगतकृष्ण पोखरेलको कुर्सी रूखमा झुण्ड्याइदिएको कुर्सी हिजै साँझ स्ववियुले निकालिदिएको क्याम्पस प्रशासनले जानकारी दियो ।  ‘छात्रावासमा गैर विद्यार्थी बसेका छन् हामी उनीहरूलाई निकाल्न सक्दैनौं निकाल्यो भने ज्यान नै जोखिममा पर्छ ।’ क्याम्पसको प्रशसन शाखाका एक कर्मचारी भन्छन्, ‘एक समूहलपे कुर्सी झिक्यो अर्कोले प्रशासनमा ताला लगायो फेरी एकछिन पछि खुल्यो के सहमति भयो जानकारी भएको छैन ।’

स्ववियु सभापति रेशमलाल श्रेष्ठले  १० दिनभित्र होस्टल व्यवस्थापन गर्ने सहमति भएपछि ताला खोलिएको  जानकारी दिए ।

२०७२ सालको भूकम्प प्रभाभित छात्रावास हाल मर्मतसंहार पछि सञ्चालनमा आएको हो । हाल सो छात्रावासमा ४८ जना विद्यार्थी बस्दै आएका छन् । भूकम्प अघि सो छात्रावासको सिट क्षमता ८० जनाको भएको क्याम्पस प्रशासनले जानकारी दियो ।

Thuprai - Books and E-books
I Tech store