दसैं विदामा गृहकार्यको बहसभन्दा सार्वजनिक शिक्षा सुधारको बहस आवश्यक

अहिले सम्पूर्ण शिक्षण संस्थामा बाढी पहिरो तत्काल आएको दसैको विदामा बन्दछन् । अधिकांश विद्यालयले दसैंको लामो विदाका कारण विद्यार्थीलाई पढ्ने बानीको विकास गराउने भन्दै गृहकार्यसहित विदा दिएका छन् केही विद्यालयले विना गृहकार्य विद्यार्थीलाई दसैं मनाउन पठाएका छन् ।

आफूलाई शिक्षाका अभियान्ता तथा शिक्षाकर्मी भनेर चिनाउनेहरू पनि अहिले सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई गृहकार्य दिनु हुन्छ ? दिनु हुँदैन भन्ने विषयमा आआफ्ना दर्शन फोखिरहेका छन् । अहिले सामाजिक सञ्जालमा पनि दुईथरीका अभिव्यक्ति पोखिएको पाइन्छ केहीले गृहकार्य आतंक बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् भने केही विद्यार्थीलाई किताबबाट दिइने गृहकार्यको काम नभएको अभिव्यक्ति दिइरहेका छन् । काठमाडौ. विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा।डा। बालचन्द्र लुइँटेल, किताबको गृहकार्य होइन अब खोजी गर्ने गृहकार्य दिन आवश्यक भएको बताउँछन् ।

अर्काथरिले पछिल्लो समयमा नेपालमा शिक्षाको विभिन्न आयममा काम गर्ने व्यक्तित्वहरुका बीचमा देखिएको द्वैध र दुविधायुक्त विचारका कारण शिक्षा क्षेत्र खस्कँदै गएको धारणा सार्वजनिक गरिरहेका छन् ।

वास्तवमा सिकाई कसरी हुन्छ ? सिकाइका लागि के के आवश्यक छरु कस्ता खालका विषयहरू आवश्यक छन् ? पाठ्यक्रमले के माग गर्छ ? कक्षा कोठामा जानुपूर्व के तयारी गर्नुपर्छ ? गृहकार्य( कक्षाकार्यको आवश्यकता किन हुन्छ। पठनपाठनका विधि, सिकाई उपलब्धि, सिक्नका लागि आवश्यक पर्ने वातावरण जस्ता विषयमा बहस नभएकोे प्याव्बसका अध्यक्ष डिके ढुङ्गानाले लेखेका छन् । सिकाइ प्रक्रियाको विषयमा भन्दा बढी निजी विद्यालयले विद्यार्थीलाई विद्यालयको शैक्षणिक कार्यक्रमसँग निरन्तर जोडिराखेको विषयमा धेरैको टाउको दुःखेको देखिन्छ, गृहकार्य पनि त्यसैको एउटा किस्सा भएको उनको धारणा छ ।

नतिजाको कुरा विष्लेषण गनेृ हो भने सामुदायिक भन्दा निजीको अब्बल देखिएको छ । हालको पद्धतिमा निजी विदालयको नतिजा राम्रँे भएको हुनाले अब गृहकार्य भन्दा पनि सार्वजनिक शिक्षा सुधारको विषयले सबै क्षेत्रमा प्राथमिकता पाउनु पर्ने उनको धारणा छ ।

यो लामो विदामा सवै वर्गलाई विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि ठोस सुझाव तथा बहस चलाउनु पनेृ सरोकारवालाको धारणा छ ।

कक्षा १२ को नतिजामा

गत साउन १८ गते राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०८० को कक्षा १२ को नतिजामा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भए । कुल चार लाख ९१ हजार ४९७ मध्ये नियमिततर्फ नियमितर्फ ३ लाख ९० हजार ८६८ नियमितर्फ ३ लाख ९० हजार ८६८ सहभागी थिए । ती मध्ये नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत, ग्रेडवृद्धितर्फ रजिष्ट्रेसन नम्बर ७८–७९का २८ दशमलव २६ र रजिष्ट्रेसन नम्बर ७६ र ७७ का ६२दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।

उत्रीर्ण विद्यार्थी मध्ये सामुदायिक विद्यालयका दुई लाख ३२ हजार सात सय ९५ परीक्षार्थी मध्ये ९६ हजार पाँच सय ६ जना पास पास भए । अर्थात् ४१ दशमलव ४६ प्रतिशत पास भए । भने एक लाख ३६ हजार दुई सय ८९ जना ननग्रेडमा परे ।

त्यसैगरी निजी विद्यालयबाट एक लाख ५८ हजार ७३ जनाले परीक्षा दिएकोमा एक लाख ७ हजार ३०२ जना उत्तीर्ण भए । निजीका ६७ दशमलव ८८ प्रतिशत विद्यार्थी बढी उत्तीर्ण भएका छन् । भने परीक्षामा सहभागी मध्ये ५० हजार ७७१ जना फेल भए । ननग्रेडमा परेका मध्ये पुनर्योगपछि १५१ जनाको नतिजा परिवर्तन भएको छ ।

 बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउने ९ हजार ५९१ विद्यार्थी मध्ये सामुदायिक विदालयका एक हजार २२१ जना छन् भने निजीमा अध्ययनरत आठ हजार ३७० जना रहेका छन् ।