After SEE Portal

कक्षा १२ को नियमित, आंशिक,ग्रेडवृद्धि परीक्षाको रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७८ सालमा सञ्चालन हुने कक्षा १२ को नियमित, आंशिकरग्रेडवृद्धि परीक्षाको रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ । असार २० गतेभित्र फाराम बुझाउनरभर्न छुट भएका विद्यालयरविद्यार्थीहरुले गतेभित्र दोब्बर दस्तुरसहित (रजिष्ट्रेशनको लागि रु. ८०० र परीक्षा आवेदनका लागि रु. १,२००) आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

बोर्डले पूर्व प्रकाशित सूचना अनुसार २०७७ चैत्र मसान्तभित्र परीक्षा आवेदन फाराम र रजिष्ट्रेशन आवेदन फाराम बुझाउन सूचित गरिएको भएपनि विभिन्न कारण फारम बुझाउन छुटेका विद्यार्थीलाई म्याद थप गरेको हो ।

बोर्डले २०७८ सालमा सञ्चालन हुने कक्षा १२ को नियमित, आंशिकरग्रेडवृद्धि (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७० वा सोभन्दा बढी भएका) र कक्षा ११ को आंशिकरग्रेडवृद्धि मात्र (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका) परीक्षाको परीक्षा आवेदन फाराम तथा शैक्षिक सत्र २०७७र७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम बुझाउने समय थप गरेको हो ।

बोर्डद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयहरुले समेत यसै सूचना बमोजिम गराउन सूचित गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books