A Levels MA

छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै

जुम्ला, २७ जुम्ला (रासस) : छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पु¥याएको जानकारी दिइन् । उनीले भनिन, “ छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन् । सरकारले थोरबहुत सहयोग गरेर राम्रो ग¥यो । ”

गतसाउन १३ गते छोरी उनीले छोरी जन्मदिएकी थिइन् । नजिकको वडा कार्यालयले छोरीको नाममा बैँक खाता खोलीदिई रु ५०० खातामा जम्मा गरिदिएको थियो । “ हरेक महिना जम्मा हुने पैसाले छोरी पढाउँछु । ।” उनीले खुशी हुँदै भनिन् । 

कार्यक्रम कार्यान्वयनमा आएपछि खाता खोल्न आउनेको सङ्ख्या बढ्दो छ । गाउँपालिकाले छोरीको खाता खोल्न आउने आमाका लागि विशेष प्रथामिकता दिएको छ । बैँकमा आउने महिलालाई खाता खोल्न सहयोग गर्दै आएको कुमारी बैंक कनकासुन्दरी शाखा प्रबन्धक भीमबहादुर धामीले जानकारी दिनुभयो । 

कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटाले प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रममार्फत् मानव विकास सुचकांङमा पछाडी रहेका कर्णालीलाई माथि उठाउन कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । 

गरीबी न्यूनीकरण, बालविवाह अन्त्य, शिक्षा पहुँच विस्तारको ध्येय कार्यक्रमले लिएको छ । चालू आर्थिक वर्षको साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बंैकमा खाता हुने र खातामा गाउँपालिकाले पहिलो महिना रु एक हजार र बाँकी महिनाको रु ५०० का दरले पैसा जम्मा गरिदिने नीति लिएको छ । छात्राले माध्यामिक तह उत्तीर्ण गर्नुपर्ने र २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने प्रावधान रहेको छ । 

यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडाज सिक्दै बालबालिका जुम्लाको तातोपानी गाउँपालिकाले २८ विद्यालयमा जुम्ली खस भाषामा पठनपाठन शुरुआत गरेको छ । खस भाषालाई जोगाउनका गाउँपालिकाले पाठ्यपुस्तक तयार गरी अध्ययन अध्यापन अगाडि बढाएको हो ।

गाउँपालिकाका २८ विद्यालयमध्ये २५ विद्यालयले १–३ कक्षामा शैक्षिकसत्र २०७५÷७६ मा अध्ययन अध्यापन शुरु गरेका थिए । आगामी फागुन महिनादेखि शुरु हुने नयाँ शैक्षिकसत्र २०७६÷७७ मा ४–५ कक्षामा पनि पठनपाठन गरिने तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायाँदत्त चौलागाईंले बताउनुभयो । स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तक निर्माण हुने भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । 

कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिकस्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदैडाव, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुरज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बानिया दियार, लछालकृतिक पैकेलो र दरबारजस्ता विषयवस्तु समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईंले जानकारी दिनुभयो । 

त्यसैगरी २–३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदासहित कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमिलगायत स्थानीय कृषिजन्य बाली पाठ्यपुस्तकमा समेटिएको छ । यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडाजस्ता जडीबुटीसम्बन्धी पाठ्यपुस्तकमा विषयवस्तु राखिएको गाउँपालिकाले जनाएको छ ।

पाठ्यपुस्तकमा समेटिएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्वलाई खस भाषाबाट झल्काएको छ ।तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको छ । अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ । 

तातोपानी गाउँपालिका–५ श्रीनगरस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छायाँदत्त खत्रीका अनुसार गाउँपालिकाले स्थानीय खस भाषामा यहाँका पर्यटकीय तथा धार्मिक सम्पदा र स्थानीय रैथाने कृषिजन्य वस्तु समटिएको पाठ्यपुस्तकले बालबालिकालाई ज्ञान हासिल गर्ने मौका मिलेको छ । 

सानै उमेरदेखि आफ्नो ठाउँका पर्यटकीय र धार्मिक सम्पदाको ज्ञान लिएका छन् भने यसको महत्वको विषयमा पनि बुझ्ने मौका पाएका छन् ।

Thuprai - Books and E-books