After SEE Portal

सिरहाको दुई विद्यालयका छात्रालाई साइकल वितरण

Bridge Course

लहान, १० असोज (रासस): प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गत सिरहाको दुई विद्यालयका १४८ छात्रालाई साइकल वितरण गरिएको छ ।

धनगढीमाई नगरपालिका–७ स्थित अयोध्यानगर मावि र दहीपौरा माविको कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले साइकल वितरण गर्नुभएको हो । 

अयोध्यानगरका ७३ तथा दहीपौराका ७५ छात्रालाई राज्यमन्त्री कुशवाहाले साइकल हस्तान्तरण गर्नुभएको हो ।

A Levels MA
Thuprai - Books and E-books