After SEE Portal

फोर्ब्स कलेजद्वारा साइबर अपराध सम्बन्धी तालिम

Bridge Course

चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित फोर्ब्स कलेजद्वारा प्रहरीलाई साइबर अपराध तथा सुरक्षा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम हालै सम्पन्न भएको छ । कलेजले जिल्लाका ५० जना प्रहरीलाई विश्वभर चुनौतीको रुपमा रहेको साइबर अपराध न्यूनीकरण सम्बन्धी तालिम प्रदान गरेको हो ।

तालिमले दिनप्रतिदिन सामाजिक संजाल मार्फत हुने अपराध र ठगीको न्यूनीकरण गर्न सहज हुने लागि तालिम महत्वपूर्ण हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङले बताए। समाजलाई विखण्डित गर्ने खालका अपराध वृद्धि भइरहेको हुँदा तालिमले यस्ता अपराधको पहिचान गरी समयमै व्यवस्थापन गर्न सयोग पुर्याउने उनले विश्वास व्यक्त गरे । सामाजिक अपराध न्यूनीकरणका  फोब्र्स कलेजले चालेको कदमको सरहना गर्दै उनले भने, जुनसुकै अपराधको न्यूनीकरण गर्ने विद्यालय तथा विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्न जरुरी छ। सुरक्षित डिजिटल समाज निर्माणका लागि कलेजले निरन्तर साइबर अपराध तथा सुरक्षा सम्बन्धी तालिम प्रदान गरिरहेको कलेजका प्राचार्य हरिशरण पाठकले बताए । उनले जिल्लाका विभिन्न स्थानीय तह र शैक्षिक संस्थाहरुमा पनि तालिम संचालन गरिएको जानकारी दिए । 

कलेजले फोब्र्स सिसिएस क्लब गठन गरेर यस्ता तालिम प्रदान गर्दै आइरहेको छ । २०१७ सालमा स्थापना भएको कलेजले काठमाडौं बाहिर पहिलोपटक साइबर अपराध तथा सुरक्षा सम्बन्धी अध्यापन शुरु गरेको छ । 

कार्यक्रममा कलेजका साहयक प्राचार्य दिवश मैनाली, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक सुर्य थापा, रविन कार्की, कलेज अभिभावक संघका अध्यक्ष रामचन्द्र सापकोटा लगायतको उपस्थिति रहेको कलेजले जानकारी दियो । 

A Levels MA