नेपालको साक्षरताको विद्यमान अवस्था

आज ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस हो । दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्धन भन्ने नाराका साथ आज साक्षरता दिवस मनाइँदै छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ । नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ । पन्ध्रदेखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ । नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएको थियो ।

राष्ट्रिय शिक्षा दिवस भने आगामी असोज २ गते हुँदैछ ।नेपालमा ५ वर्ष माथिको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ । भने, १५–६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८५ प्रतिशत रहेको छ ।

जम्मा विद्यालयको संख्या ३६ हजार ३२ रहेको छ । त्यसमध्ये सामुदायिक विद्यालय २७ हजार ३४३ ओटा रहेका छन् , भने संस्थागत विद्यालय ७ हजार ३७३ ओटा रहेका छन् । त्यसैगरी परम्परागत विद्यालय १ हजार ३१६ ओटा रहेका छन् । सामुदायिक सिकाइ केन्द्र २ हजार १५१ ओटा रहेका छन् । त्यस्तै खुला शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयहरू १२१ छन् । अनौपचारिक विद्यालय १७१ ओटा छन् ।

हालसम्म ७७ जिल्ला मध्ये ६४ जिल्ला साक्षर घोषणा भइसकेका छन् भन् साक्षर घोषणा भएका प्रदेशहरूमा वाग्मती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश रहेका छन् । अझै मधेश प्रदेश र कर्णाली प्रदेश साक्षर घोषणा हुन बाँकी छन् । साक्षर घोषणा हुन बाँकी जिल्लामा सप्तरी‚ सिराहा‚ धनुषा महोत्तरी‚ सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा  मधेश प्रदेशका र कर्णाली प्रदेशका मुगु‚ जुम्ला‚ हुम्ला कालिकोट‚ डोल्पा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

त्यसैगरी, ७५३ ओटा स्थानीय तहमध्ये १६१ वटा (मधेश प्रदेश १३४, कर्णाली प्रदेश २७ ओटा)  स्थानीय तह साक्षर हुन बाँकी नै छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गतवर्ष साक्षरता घोषणा भएका जिल्लाहरुलाई सम्मान एवं प्रसंशापत्र प्रदान गर्ने, छलफल, बहस, अन्तरक्रिया वृक्षारोपण, साक्षरता सम्बन्धी लोकदोहोरी गीत छायांकन एवं प्रशारण गर्ने लगायतका देशभर कार्यक्रम गरिरहेको जनाएको छ ।

साक्षर घोषणा हुन बाँकी स्थानीय तहहरुको विवरण

क्रस

प्रदेश

जिल्ला

जम्मा स्थानीय तह

घोषणा भएका स्थानीय तह

घोषणा हुन वाकी स्थानीय तह

 

मधेश प्रदेश

धनुषा

१८

१८

 

बारा

१६

१६

 

पर्सा

१४

१४

 

रौतहट

१८

१८

 

महोत्तरी

१५

१५

 

सर्लाही

२०

२०

 

सिरहा

१७

१७

 

सप्तरी

१८

१६

 

१०

कर्णाली प्रदेश

मुगु

 

११

जुम्ला

 

१२

कालिकोट

 

१३

हुम्ला

 

१४

डोल्पा

 

 

जम्मा

 

१७२

२४

१६१

 

 

साक्षर घोषणा भएका जिल्लाहरुको विवरण

 

 

क्र स

जिल्ला

साक्षरता प्रतिशत

साक्षर जिल्ला घोषणा भएको मिति

 
 

सिन्धुपाल्चोक

९८

२०७१।०३।०२

 

ललितपुर

१००

२०७१।०३।०९

 

पाल्पा

१००

२०७१।०३।११

 

धादिङ्ग

९८

२०७१।०३।२९

 

मुस्ताङ्ग

९६

२०७१।०१।३१

 

स्याङ्गजा

९६

२०७१।०५।२३

 

चितवन

९८

२०७१।०५।२३

 

अर्घाखाँची

९८

२०७२।०२।२२

 

सुर्खेत

९६

२०७२।०२।२५

 

१०

प्यूठान

९८

२०७२।०३।२०

 

११

दाङ

९७

२०७२।०३।२४

 

१२

गुल्मी

९६

२०७२।०३।२६

 

१३

तनहुँ

९६

२०७२।०३।२८

 

१४

कास्की

९६

२०७२।०३।३०

 

१५

नवलपरासी पूर्व

९८

२०७२।०३।३१

 

१६

नवलपरासी पश्चिम

९८

२०७२।०३।३१

 

१७

रुपन्देही

९८

२०७२।०३।३१

 

१८

लम्जुङ्ग

९८

२०७२।०३।३१

 

१९

पाँचथर

९७

२०७२।०४।०९

 

२०

नुवाकोट

९८

२०७२।०५।२२

 

२१

भक्तपुर

९७

२०७२।०८।२७

 

२२

रोल्पा

९६

२०७२।०९।०९

 

२३

सल्यान

९७

२०७२।०९।१४

 

२४

दार्चुला

९५

२०७२।०९।१५

 

२५

जाजरकोट

९५

२०७२।११।२८

 

२६

बर्दिया

९६

२०७२।१२।२८

 

२७

रुकुम

९७

२०७३।०१।३१

 

२८

रुकुम पूर्व

९७

२०७३।०१।३१

 

२९

झापा

९८

२०७३।०२।१७

 

३०

बाग्लुङ्ग

९७

२०७३।०३।०३

 

३१

दोलखा

९५

२०७३।०३।१०

 

३२

मकवानपुर

९९

२०७३।०५।३०

 

३३

रामेछाप

९६

२०७३।०६।०५

 

३४

धनकुटा

९७

२०७३।०८।१६

 

३५

ओखलढुङ्गा

९९

२०७३।०९।१०

 

३६

दैलेख

९६

२०७३।११।२८

 

३७

मनाङ

९७

२०७४।०३।२२

 

३८

सिन्धुली

९९

२०७४।०३।२४

 

३९

इलाम

९८

२०७४।०३।२८

 

४०

गोरखा

९७

२०७४।०५।०९

 

४१

म्याग्दी

९६

२०७४।१०।०८

 

४२

पर्वत

९७

२०७४।१०।१८

 

४३

रसुवा

९६

२०७४।१०।२९

 

४४

खोटाङ

९७

२०७४।११।०२

 

४५

सुनसरी

९६

२०७४।११।१५

 

४६

तेह्रथुम

९६

२०७४।१२।२०

 

४७

भोजपुर

९६

२०७४।१२।२५

 

४८

उदयपुर

९५

२०७५।११।०५

 

४९

बैतडी

९७

२०७६।०१।०६

 

५०

डडेल्धुरा

९७

२०७६।०१।०८

 

५१

मोरङ

९७

२०७६।०३।२१

 

५२

काभ्रेपलाञ्चोक

९६

२०७६।११।०७

 

५३

संखुवासभा

९६

२०७६।११।०९

 

५४

अछाम

९६

२०७८।०३।२१

 

५५

काठमाण्डौ

९७

२०७८।०५।०४

 

५६

ताप्लेजुङ्ग

९६

२०७८।१२।२३

 

५७

बझाङ्ग

९६

२०७९।०३।०७

 

५८

सोलुखुम्वु

९७

२०७९।०३।२६

 

५९

कैलाली

९६

२०७९।०३।२९

 

६०

बाजुरा

९७

२०७९।०३।३०

 

६१

बाँके

९७

२०७९।०३।३२

 

६२

कञ्चपुर

९७

२०७९।०५।२३

 

६३

डोटी

९६

२०८०।०२।३२

 

६४

कपिलबस्तु

९६

२०८०।०३।३१

 
                     

 

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित विभिन्न क्रियाकलापहरु

  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक श्री चूडामणि पौडेलज्यूको अध्यक्षतामा मूल आयोजक समिति गठन ।
  • विभिन्न विषयगत उपसमितिहरु गठन गरी जिम्म्वारी प्रदान ।
  • विभिन्न अनलाइन तथा अफलाइन पत्र पत्रिकामा सुचनामूलक सामाग्रीहरु समावेश गरी बिशेषाङ्क प्रकाशन गर्ने ।
  • आम सञ्चार माध्यमवाट Talk Show, परिसम्बाद एवम् अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
  • विगत आ.व.मा विकास भएको साक्षरता सम्बन्धी सूचनामूलक जानकारी एवम् सामाग्रीहरु प्रसारण गर्ने।
  • साक्षरता सम्वन्धि अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • शिक्षा तथा मानवस्रोत विकास केन्द्रको प्राङ्गणमा बृक्षारोपण एवम् फुलहरु रोप्ने।
  • रक्तदान कार्यक्रम सञ्चालन गर्ने ।
  • साक्षरता सम्वन्धी लोकदोहोरी गित विकास, छायाङ्कन एवम् प्रसारण गर्ने ।
  • गत आर्थिक वर्षमा साक्षर घोषणा भएका जिल्लाहरुलाई सम्मान एवम् प्रसंशापत्र वितरण गर्ने ।
  • साक्षरता दिवसको कार्यक्रमहरु सञ्चालन गर्नको लागि प्रदेश‚जिल्ला तथा स्थानीयतहरुलाई अनुरोध गर्ने ।
  • साक्षरता दिवसको अवसरमा साक्षर स्थानीय तह एवम् साक्षर जिल्ला घोषणाका लागि समन्वय, सहकार्य तथा सहजीकरण गर्ने।
  •  अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अनौपचारिक शिक्षाको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।

अनौपचारिक तथा आजीवन सिकाइसँग सम्वन्धित कार्यक्रमहरु

साक्षर नेपाल वर्ष कार्यक्रम सञ्चालनः

  • ६४ वटा जिल्ला र ३ वटा प्रदेशहरु साक्षर घोषणा भएको ।
  • ५ बर्ष माथिको साक्षरता प्रतिशत ७६.२ प्रतिशत पुगेको ।
  • १५-६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको ।
  • २०८०।०८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य ।
  • साक्षरताका १२ वटा सूचकहरुको आधारमा साक्षरताका कार्यक्रमहरु सञ्चालन भएको ।
  • साक्षर घोषणा हुन बाँकी १६१ वटा स्थानीय तहमा साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन ।
  • लागत साझेदारीतामा आधारित प्रोत्साहन अनुदान प्रदान ।
  • साक्षर नेपाल कार्यक्रमको लागि विभिन्न विकास साझेदार संस्थाहरु सँग समन्वय र सहकार्य गरिएको ।

. बैकल्पिक शैक्षिक कार्यक्रमः

  • विद्यालय बाहिर रहेका बालबालिकाहरुको लागि लक्षित गरी अनौपचारिक शिक्षा तर्फको तह १-३ को संश्लेषित पाठ्यक्रम एवम् सिकाइ सामाग्रीहरु विकास
  • विभिन्न संघसंस्थाहरुवाट सिकाइ सामाग्रीहरुको प्रयोग।
  • सहजकर्ताहरुको लागि सहजकर्ता मार्गदर्शन पुस्तिका तयारी ।

अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपबमोजिमका कार्यहरु सञ्चालन

  • नेपाल सरकारबाट मिति २०७७ बैशाख २१ मा राष्ट्रिय योग्यता प्रारुपको मूल ढाँचा स्वीकृत भएको ।
  • अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार भै मिति २०८० बैशाख  २० गते राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदवाट स्वीकृत भएको।
  • अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपले उल्लेख गरेका सक्षमता र सिकाइका क्षेत्रहरुको आधारमा तह १-३ सम्मका ४७ वटा सिकाइ सामाग्रीहरु तयार भएको र तह ४ का सिकाइ सामाग्रीहरु विकास हुदै गरेको अवस्था ।
  • अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुप कार्यान्वयन कार्यविधि तयार भएको।

अनौपचारिक तथा आजीवन सिकाइ अन्तर्गतका कार्यक्रमहरु

  • १७१ वटा अनौपचारिक विद्यालयहरु, १२१ वटा विद्यालयमा खुला शैक्षिक कार्यक्रम र २१५१ वटा सामुदायिक सिकाइ केन्द्रहरु सञ्चालनमा ।
  • ११५० वटा परम्परागत विद्यालयहरु सञ्चालन ।
  • सामुदायिक सिकाइ केन्द्र सञ्चालन एवम् व्यवस्थापन मापदण्ड २०७८ जारी ।
  • परम्परागत शैक्षिक संस्था सञ्चालन एवम् व्यवस्थापन मापदण्ड २०७९ जारी ।
  • अनौपचारिक तथा आजीवन सिकाइ सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८० स्वीकृतिको लागि मन्त्रालयमा पेश गरिएको ।
  • सामुदायिक सिकाइ केन्द्रहरुको शैक्षिक सूचना व्यवस्थापन प्रणाली (NFE EMIS) तयार गरी online बाट  reporting गरिएको ।