सीटीईभीटीले विज्ञापन गरेको दुई वर्षपछि परीक्षा तालिका सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले   विज्ञापन गरेको दुई वर्ष ६ महिनापछि आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७६ माघ २४ गते गरेको विज्ञापनको परीक्षा तालिका  सार्वजनिक गरेको हो ।

परिषद्लाई यस अघि सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश दिएको थियो । पुनः  २०७९ जेठ १६ को आदेश बमोजिम उक्त मुद्दा फिर्ता लिइसकेको हुँदा लोकसेवा आयोगबाट परीक्षा सञ्चालन गर्न सहमति भएको  परिषद्ले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

 

Thuprai - Books and E-books