A Levels MA

सीटीईभीटी विशेष छात्रवृत्ति कार्यक्रमको परीक्षा तालिका सार्वजनिक

प्राविधिक  शिक्षा  तथा  व्यावसायिक  तालीम  परिषद्, (सीटीईभीटी) परीक्षा  नियन्त्रण  कार्यालयद्वारा डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित÷आंशिक  परीक्षाको तालिका सर्वजनिक गरेको छ ।

डिप्लोमा  तह  सेमेस्टर  परीक्षा  प्रणाली  अन्तर्गत  दोस्रो  वर्ष  प्रथम  खण्ड  र  तेस्रो  वर्ष  प्रथम  खण्ड  नियमित÷आंशिक  तथा  प्राविधिक  शिक्षामा  विशेष  छात्रवृत्ति  कार्यक्रमतर्फको तालिका सार्वजनिक गरेको हो ।

डिप्लोमा  इन  इन्जिनियरिङतर्फ  सिभिल,  आर्किटेक्चर, रेफ्रिजेरेटर एन्ड ए.सी., मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, इलेक्ट्रोनिक्स, जियोमेटिक्स, कम्प्युटर, हाइड्रोपावर, इन्फर्मेसन टेक्नोलोजी तथा फुड एन्ड डेरी टेक्नोलोजी, होटल मेनेजमेन्ट, सोसल वर्क, इन्टरप्रेनरसिप डेभलपमेन्ट कार्यक्रम दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षाको विस्तृत परीक्षा तालिका सर्वाजनिक गरेको छ ।

एक विषय मौका परीक्षाका लागि आवेदन खुला

सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाको आवेदन खुलाएको छ । भदौ १२ गतेभित्र नियमित शुल्कमा र भदौ १९ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयमा विद्यार्थीले आवेदन पेश गर्ने गरी आवेदन खुलाएको हो ।

आज प्रकाशित सूचनामा विभिन्न कार्यक्रम र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ  प्रथम र दास्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षमा मात्र कुनै एक विषय अनुत्तीर्ण भएका सैद्धान्तिक एक विषयको मौका परीक्षा असोजमा सञ्चालन गर्ने  उल्लेख छ ।

Thuprai - Books and E-books