After SEE Portal

सीटीईभीटीको स्थगित गरेको परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले स्थगन गरेको परीक्षा आगामी फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

सीटीईभीटीले माघ ११ गते स्थगत गरेको परीक्षा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्ने भएको हो ।

सीटीईभीटीले आज एक सूचना जारी स्थगित परीक्षाको तालिका सार्वजनिछ गरेको छ । प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल साइन्स (डेन्टल हाइजिन), आयुर्वेद, अकुपञ्चर, अकुप्रेसर एण्ड मोक्सिभेसन, र फिजियोथेरापी, योगा एण्ड नेचुरोपेथी, फरेष्ट्री, डिप्लोमा इन फार्मेसी, कृषि (वाली विज्ञान), कृषि (पशु विज्ञान) कार्यक्रमहरmको प्रथम, दोस्रो र तेश्रो वर्षको नियमित÷आंशिक तथा डिप्लोमा इन इन्जिनियरिङ्गका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एण्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स, इन्टरप्रेनरसीप डेभलपमेण्ट कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका नियमित–आंशिक परीक्षाफागुन ६ गते देखि सञ्चालन गर्ने भएको हो ।

सीटीईभीटीले डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, अटोमोवाइल, जियोमेटिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, होटल मेनेजमेन्ट, ईन्टरप्रेनरसीप डेभलपमेन्ट कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका कार्यक्रमहरुको नियमित÷आंशिक परीक्षा तथा डिप्लोमा इन बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ्ग कार्यक्रमको तेस्रो सेमेष्टरको नियमित–आंशिक परीक्षाफागुन ८ गतेदेखि सञ्चालन गर्ने भएको हो ।

डिप्लोमा तथा प्रमाणपत्र तहको स्थगित नियमित तथा आंशिक परीक्षा तालिकाः

डिप्लोमा तथा प्रमाणपत्र तहको स्थगित नियमित तथा आंशिक परीक्षा तालिकाः

A Levels MA