After SEE Portal

सीटीईभीटीद्वारा  डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता, स्थानान्तरण र कार्यक्रम परिवर्तनका लागि निवेदन माग

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले  डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता, शिक्षालय स्थानान्तरण र कार्यक्रम परिवर्तनका लागि निवेदन माग गरेको छ ।

शिक्षालय स्थानान्तरण, कार्यक्रम परिवर्तन गरी अध्ययन गर्न चाहेमा उपयुक्त कारण खुलाई माघ १० गते कार्यालय समयभित्र परीक्षा नियन्त्रण कार्यालयमा तोकिएका सर्तहरू पूरा गरी आवेदन दिनु पर्ने छ ।

सीटीईभीटीका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन÷स्वीकृति प्राप्त शिक्षालयहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले अध्ययन निरन्तरताका लागि आवेदन दिन सक्ने सीटीईभीटीले जारी गरेको सूच्नामा उल्लेख छ ।

अध्ययन निरन्तरताका लागि 

(क) परिषद्मा रजिस्ट्रेसन कायम भएको विद्यार्थी विशेष कारणवश अध्ययन गर्न छुटेमा पाठ्यक्रमले तोकेको समयावधिभित्र अध्ययन निरन्तरताका लागि स्वीकृति लिन निवेदन पेस गर्न सक्नेछ ।

(ख) रजिस्टे«सन कायम गरिएको कार्डको प्रतिलिपि ।

(ग)  अध्ययन निरन्तरता दिने शिक्षालयको कोटा (छात्रवृत्ति वा पूर्ण शुल्कीय) खुलेको सहमति–पत्र ।

(घ) जुन शिक्षालयमा अध्ययन टुटेको हो सोही शिक्षालयमा मात्र अध्ययन निरन्तरताका लागि निवेदन दिन सक्नेछन् ।

(ङ) अध्ययन निरन्तरता गर्न चाहेको शिक्षालयमा कोटा रिक्त रहेको सक्कल पत्र र अघिल्लो वर्ष÷सेमेस्टरको अन्तिम  परीक्षाको  आन्तरिक  मूल्याङ्कनको  समष्टिगत शिक्षालयबाट  प्रमाणित भएको पेस गर्नुपर्नेछ ।

(च) शिक्षालयहरूले अध्ययन निरन्तरताका लागि सहमति दिँदा आफ्नो शिक्षालयमा रिक्त कोटाको सङ्ख्यामा मात्र सिफारिस दिनुपर्नेछ ।

२.   कार्यक्रम परिवर्तन-शिक्षालय स्थानान्तरण

(क)  विद्यार्थीले कार्यक्रम परिवर्तन÷शिक्षालय स्थानान्तरण गर्नका लागि स्पष्ट कारण खुलेको निवेदन ।

(ख)  वार्षिक परीक्षा प्रणाली अन्तर्गत प्रथम वर्ष तथा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत प्रथम वर्ष प्रथम र दोस्रो खण्डमा  कुनै  कार्यक्रम  अध्ययन  गरी  रजिस्ट्रेसन  कायम  भएको  विद्यार्थी  पाठ्यक्रमले  तोकेको  अन्य  कार्यक्रममा प्रथम वर्ष तथा प्रथम वर्ष प्रथम र दोस्रो खण्डमा एउटै पाठ्यक्रम अध्ययन गरेको विद्यार्थीले मात्र दोस्रो वर्षमा÷दोस्रो वर्ष प्रथम खण्डमा कार्यक्रम परिवर्तन÷शिक्षालय स्थानान्तरण भई अध्ययनका लागि स्वीकृति लिन निवेदन पेस गर्न सक्नेछ ।

(ग)  रजिस्टे«सन कायम गरिएको कार्डको प्रतिलिपि ।

(घ) कार्यक्रम  परिवर्तन÷शिक्षालय  स्थानान्तरण  गरी  अध्ययन  गर्न  दिने  र  लिने  दुवै  शिक्षालयको  कोटा  (छात्रवृत्ति वा पूर्ण शुल्कीय) खुलेको सहमति पत्र, शिक्षालयमा कोटा रिक्त रहेको सक्कल पत्र र अघिल्लो वर्ष÷सेमेस्टरको अन्तिम परीक्षाको आन्तरिक मूल्याङ्कनको समष्टिगत शिक्षालयबाट प्रमाणित भएको पेस गर्नुपर्नेछ ।

(ङ)  परिषद्का  आङ्गिकबाट  आङ्गिकमा,  साझेदारीबाट  साझेदारीमा,  सामुदायिकबाट  सामुदायिकमा  र  निजीबाट निजी शिक्षालयमा मात्र विद्यार्थीहरू कार्यक्रम परिवर्तनका लागि निवेदन दिन सक्नेछन् ।

(च)आन्तरिक मूल्याङ्कन परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई कार्यक्रम परिवर्तन÷शिक्षालय स्थानान्तरणको सहमति दिइनेछैन ।

(छ)  शिक्षालयहरूले कार्यक्रम परिवर्तन÷शिक्षालय स्थानान्तरणका लागि सहमति दिँदा आफ्नो शिक्षालयमा रिक्त कोटाको सङख्यामा मात्र सिफारिस दिनुपर्ने सूच्नामा उल्लेख छ  ।

A Levels MA
Thuprai - Books and E-books