After SEE Portal

सीटीईभीटीको शुल्क वृद्धि गर्ने निर्णय स्थगित

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले वृद्धि गरेको शुल्क स्थगित गरेको छ ।

सरोकारवालासंग छलफलगरेपछि मात्र गर्ने गरी हाललाई शुल्क वृद्धि गर्ने निर्णय स्थगित गरेको सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

सीटीईभीटीले प्रमाण पत्र तह सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी र प्रमाण पत्र तह नर्सिङको २०७९ पुस ६ गतेको मन्त्री स्तरीय निर्णय, विभिन्न समयमा गठित शुल्क समायोजन सम्बन्धी कार्यटोलीका सुझाव एवं परिषद् कार्यालयको असार १ गतेको निर्णयले शुल्क समायोजन गरेको २९ गते सूचना सार्वजनिक गरी जानकारी दिएको थियो ।

फार्मेसीमा २५ प्रतिशत बृद्धि गरी ३ लाख ८ हजार ६६०, सामान्य चिकित्सामा ३० प्रतिशतले शुल्क वृद्धि गरी ५ लाख २३ हजार ८२० र नर्सिङमा ३१ प्रतिशतले शुल्क वृद्धि गरी ६ लाख २४ हजार २३० रुपियाँ  शुल्क बनाएको थियो ।

A Levels MA