After SEE Portal

कोभिडले तालिम प्रभावित

Bridge Course

यस वर्ष प्राविधिक विषय अध्ययन गर्ने छ हजार पाँच सय विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले टीएसएलसी र डिप्लोमा तहका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

परियोजना निर्देशक चन्द्रकान्त भुसालले टीएसएलसीका पाँच हजार पाँच सय र डिप्लोमाका एक हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको जानकारी दिए । टीएसएलसीकालाई जनही ५० हजार रुपियाँ र डिप्लोमाकालाई जनही एक लाख ५० हजार रुपियाँ छात्रवृत्तिवापत उपलब्ध गराउने गरिएको छ ।

छात्रवृत्ति रकम सिधै विद्यार्थीको बैँक खातामा जम्मा गर्ने गरिएको छ । टीएसएलसीमा दुई किस्ता र डिप्लोमामा तीन किस्तामा गरी रकम उपलब्ध गराइन्छ । छात्रवृत्ति छनोटमा परेका विद्यार्थीहरुले राष्ट्रिय वाणिज्य बैँकमा खाता खोल्नुपर्ने हुन्छ ।

परियोजना निर्देशक भुसालले बीचैमा अध्ययन छोड्न सक्ने भएकाले टीएसएलसीका विद्यार्थीले पहिलो वर्षको र डिप्लोमाका विद्यार्थीले पहिलो तथा दोस्रो वर्षको रिजल्ट सिट अनिवार्यरुपमा पेश गर्नुपर्ने बताउँदै सो पेश गरिएपछिमात्र बाँकी किस्ताको रकम बैँकमा दाखिला गर्ने गरिएको जानकारी दिए । “रकम दुरुपयोग नहोस् भनेर कडा प्रावधान बनाइएको छ” उनले भने, “कोभिड–१९ का कारण यसमा समस्या सिर्जना भएको छ ।”

इभेन्टले ६० वटा विद्यालयलाई डेढ करोड रुपियाँका दरले अनुदान उपलब्ध गराएको छ । विभिन्न १८ वटा सूचक तयार गरिएको र सोका आधारमा रकम उपलब्ध गराइएको जानकारी दिइएको छ ।

कोभिड–१९ र त्यसपछिको दोस्रो लहरले सबैभन्दा बढी भौचरमा आधारित तालिमलाई प्रभावित तुल्याएको छ । इभेन्टले गत वर्ष ढिला गरी तालिम सञ्चालन गर्न सक्यो भने यस वर्ष तालिम सुरु नै हुन पाएको छैन । युवालाई प्रदान गरिने यस खाले तालिम निकै लोकप्रिय छ । यो तालिमको विधिलाई अन्य देशले समेत अनुकरण गरेका छन् । तालिममा छनोट भइसकेपछि तीन महिनासम्म तालिम लिनुपर्ने र त्यसपछि छ महिना रोजगारी प्राप्त गर्नुपर्ने यस तालिमका सञ्चालकले चित्तबुझ्दो तालिम नदिएको पाइएमा दोहो¥याएर तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । दोस्रो चरणको तालिमअन्तर्गत पहिलो र दोस्रो वर्षमा रोजगारी दर ७५ प्रतिशत रहेको छ । कोरोना सङ्क्रमणका कारण गत वर्षको रोजगारी दर मूल्याङ्कन भइसकेको छैन ।

 

A Levels MA
Thuprai - Books and E-books