A Levels MA

त्रिविको ताला खोल्न अदालतको आदेश

त्रिभुवन विश्वविद्यालयमा विभिन्न  समूहले लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ । दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले हालेको रिटको सुनुवाई गर्दे अदालतले  यस्तो  आदेश दिएको हो ।

न्यायाधीश राम बहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो । गत साउन ५ गते देखि त्रिविको कार्यकक्षमा  प्राध्यापक संघ  र नेपाल विद्यार्थीसंघले ताला  लगाएका थिए ।

त्रिविले वार्ताको लागि सार्वजनिक आव्हान गरेपनि असन्तुष्ट समूहले वार्ताम आउन अस्वीकार गर्दै आएका  थिए ।

Thuprai - Books and E-books