After SEE Portal

भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि घेराबन्दी भयो

Bridge Course

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफूविरुद्ध घेराबन्दी भएको बताउनुभएको छ । 

    आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन प्रमुखको हस्ताक्षर दुरुपयोग गरी आपराधिक गिरोहले आफ्नो मृत्युबारे अपवाह फैलाइएको बताउनुभयो । 

    शनिबार विश्वविद्यालयकै लेटरप्याडमा उपकुलपतिसिंहको मृत्यु विवरण समेटिएको पे्रस विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उपकुलपति सिंहले भ्रष्टाचार नियन्त्रण र प्राज्ञिक सुधारका योजना अघि सार्दा आफूविरुद्ध चौतर्फी घेराबन्दी भएको टिप्पणी गर्नुभयो । “अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर मेरो मृत्यु घोषणा गरियो, यसबाट म विचलित हुनेछैन्”, उहाँले भन्नुभयो, “पदमा रहुञ्जेल विश्वविद्यालय सुधारेरै छाड्छु, गलत गर्नेलाई कुनै हालतमा छुट दिन्न ।” उहाँले आफ्नो मृत्यु भएको भनी विज्ञप्ति जारी गर्ने आपराधिक गिरोहविरुद्ध साइबर अपराध र सरकारी कागजात दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको जानकारी दिनुभयो । 

    आफूले ‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ र पारदर्शिताको अभियान थालेदेखि विगतमा ‘बिल मिलाएर खानेहरु’ आफूविरुद्ध लागेको उपकुलपति सिंहको आरोप थियो ।         उपकुलपति सिंहले विश्वविद्यालय प्रशासन विद्यार्थी र प्राध्यापकहरुका जायज माग सम्बोधन गर्न तयार रहे पनि उनीहरु वार्तामा आउन नचाहेकाले समस्या समाधान हुन नसकेको बताउनुभयो । केही उद्दण्ड तत्वहरुले भौतिक संरचनामा पु¥याएको क्षतिबारे प्रमाणसहित उपलब्ध गराउँदासमेत प्रहरीले बेवास्ता गरेको गुनासो गर्नुभयो । 

    त्यस्तै उपकुलपतिविरुद्ध आपराधिक कार्य गर्नेको पहिचान गरी कानूनी कारबाही गर्न विश्वविद्यालय प्रशासनका साथै विभिन्न प्राध्यापक र विद्यार्थी सङ्गठनहरुले माग गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books