कोरोनाभाइरस संक्रमणः विद्यार्थीलाई सरसफाईमा विशेष ध्यान दिन आग्रह

कोरोनाभाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा नेपाल परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुलाई सरसफाईमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका अनुसार विद्यार्थीहरुलाई जतिसक्दो सरसफाई गर्न र भीडभाडमा नजान आग्रह गरिएको छ । 

विद्यालयमा आवातजावत गर्दा मास्कको प्रयोग गर्न पनि मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार कोरोना संक्रमण फैलिने जोखिममा नेपाल समेत रहेको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । 

सरकारले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा राखेको छ । 

यसैविच, सरकारले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने निर्णय गरेको छ । विदेश अध्ययनकालागि जान विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ अनिवार्य मानिन्छ । 

यसैविच, चीनबाट नेपाल ल्याई क्वारेन्टाइनमा रहेका एक सय ७५ जनाको नमुना संकलनको रिपोर्ट भोली सोमबार आउने बताइएको छ । उनीहरूले भक्तपुर खरिपाटिस्थित विद्युत  प्राधिकरण तालिम केन्द्रमा राखिएको छ ।