शिक्षामन्त्रीलाई कोरोना सङ्क्रमण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड–१९ पुष्टि भएको छ ।

शनिबार ज्वरो आएपछि उपचारका लागि उनी पाटन अस्पताल पुगेका थिए । चिकित्सकले उनको स्वाब परीक्षण गरेको थियो र आइतबार परीक्षणको नतिजा आएको छ । नतिजा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रीका स्वकीय सचिव पुरन केसीले शिक्षामन्त्री पोखरेल पाटन अस्पतालमा शनिबार नै भर्ना गरिएको र उनको त्यही उपचार भइरहेको जानकारी दिए ।  

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि शनिबार कोभिड–१९ पुष्टि भएको थियो ।

यसैबीच प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पूर्व उपाध्यक्ष इन्जिनियर सरोज देवकोटाको कोभिड–१९ का कारण आज निधन भएको छ । बीपी मेमोरियल अस्पताल काठमाडौँमा उपचाररत उनमा अक्सिजनको मात्रा कम देखिएको थियो ।

Thuprai - Books and E-books