कोरोनाको चुनौती शैक्षिक रुपान्तरणका लागि अवसर बन्न सक्नेः राजदुत बोन्नी

नेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौतीलाई विश्वका शैक्षिक नेतृत्वले अवसरका रुपमा लिएर शिक्षा रूपान्तरण गनुपर्ने धारणा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय विकास सङ्गठनका लागि इजरायली नियोग (मसाभ) अन्तर्गतको ओफ्री सेन्टरले आयोजना गरेको शैक्षिक अन्तरसञ्जाल प्रशिक्षण कार्यक्रमको समापनको अवसरमा उनले यस्तो धारणा राखेका हुन् ।

काठमाडौँस्थित इजरायली दूतावासले सहजीकरण गरेको चार हप्ते सो प्रशिक्षणमा उच्च तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) नेतृत्वको सहभागिता रहेको थियो ।

अन्तरसञ्जाल सम्मेलनको संयोजनसमेत गरेका काठमाडौँ भ्याली स्कुलकलेजका अध्यक्ष तथा हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठले नेपालका लागि इजरायली राजदूत बेन्नीले शिक्षा रुपान्तरणका लागि राखेको धारणाको प्रशंसा गरेका थिए ।

सो समापन कार्यक्रममा ओफ्री सेन्टरकी प्रशिक्षक युदिथ रोजेन्थल तथा प्रशिक्षणमा सहभागीहरूप्रति आभार व्यक्त गरका थिए ।

एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका निर्देशक तथा हिसानका सचिव कपिलदेव रेग्मीले शिक्षालगायत विभिन्न क्षेत्रका इजरायली विज्ञहरूलाई नेपाल आमन्त्रण गर्ने नेपालका लागि इजरायली राजदूत बेन्नी ओमरको भूमिकाको सराहना व्यक्त गरे ।

प्रशिक्षण सत्र हिसानको विशेष संयोजनमा आयोजना गरिएको थियो । ओफ्री सेन्टर, मसाभकी निर्देशक युदिथ रोजेन्थलले उक्त अन्तरसञ्जाल सम्मेलनको संयोजन गरेकी थिइन् ।

सो प्रशिक्षण कोभिड–१९ महामारीपछिको परिवर्तनको तयारीमा केन्द्रित रहेर सञ्चालन गरिएको हिसानले जानकारी दियो ।

निर्देशक रोजेन्थलले समस्याको पूर्वानुमानमा जोड दिँदै बाँच्नका लागि सङ्घर्ष गर्नेहरू बलिया नभए पनि परिवर्तनलाई स्वीकार गर्न सके उनीहरूको जीवन सहज हुने चाल्र्स डार्विनको परिवर्तनमा आधारित सिद्धान्तबारे पनि चर्चा गरिन् । सिकाइका अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गर्दै उनले शैक्षिक नेतृत्वले आफ्ना विद्यार्थीहरूलाई सामाजिक र संवेगात्मक रूपमा कसरी भविष्यका लागि तयार पार्न सक्छन् भन्ने कुरामा जोड दिइन् ।

Thuprai - Books and E-books