After SEE Portal

इन्फर्मेटिक्स कलेजको दीक्षान्त समारोह

Bridge Course

इन्फर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञता बिएस्सी (अनर्स) कम्प्युटिङ र बिए (अनर्स) विजनेस प्रशासनका १२२ जना विद्यार्थी सहभागी थिए । बिएस्सीका १०५ जना र बिएका १७ जना विद्यार्थी दीक्षित भए ।

लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन लिएको सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आइएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । आइएनजी छात्रवृत्तिबाट विपीन रेग्मी पुरस्कृत भए ।

दीक्षान्त समारोहमा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका एकेडेमिक पार्टनरसिपका प्रमुख डा. बेन्डी ब्लोइसीले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै भने, “विद्यार्थीले अहिले जस्तो सोच राख्छन्, आगामी दिनमा त्यस्तै पाउनेछन् । यसलाई निरन्तरता दिनुपर्छ ।”

उनले ज्ञानले जीवनमा ठूलो प्रभाव पार्ने भएकाले सकारात्मक सोचले मानिसको जीवनमा राम्रो परिवर्तन ल्याउन सक्ने बताए ।

आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीको लगनशीलता र समर्पणले मात्र सफलता हासिल हुनसक्ने बताए ।

 

A Levels MA