नामी कलेजको दिक्षान्त समारोह सम्पन्न

नामी कलेजको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ ।होटल हयातमा यही मसिंर ७ गते, शुक्रबार नेपालका लागि बेलायती राजदुत रिर्चड मोरिसोको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै, कार्यक्रममा बेलायतस्थित युनिभर्सिटी अफ नर्थह्याम्पटन, ‘आर्ट, साइन्स तथा टेक्नोलोजी’ संकायका डिन प्रो. जोन सिनक्लेयरको सहभागीता रहेको थियो । यही शुक्रवार दिउँसो २ बजेबाट सुरु भएको उक्त कार्यक्रममा कलेजकी अध्ययक्ष डा. आरजु राणा देउवाले कलेजको प्रथम दिक्षान्त समारोहबाट दिक्षित विद्यार्थीलाई बधाइ दिदै आफ्नो मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा बोल्दै देउवाले हरेक बर्ष करिव ४० देखि ५० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेसिने गरेकोमा यस कलेजले उच्च गुणस्तरको शिक्षा नेपालमा नै दिन सक्षम रहेको जानकारी गराउनु भयो । यसबाट विदेशी मुद्राको पलायन रोकिएको छ भने अभिभावकहरुको रेखदेखमा आफ्ना बालबालिकाले स्वदेशमा नै उच्च शिक्षा हासिल गर्न पाएकोमा गर्व गर्नुपर्ने कुरा बताउनु भयो ।

सन् २०१४/१५ मा कलेज भर्ना भइ सन् २०१८ मा यसै कलेजबाट स्नातक तह पास गरेका  बिभिन्न बिभागका प्रतिनिधि बिद्यार्थीले कार्यक्रममा आफ्नो भनाई प्रस्तुत गरेका थिए । यसै साल कम्प्युटिङ, इन्भ्यारोमेन्टल साइन्स तथा म्यानेजमेन्ट
संकायबाट उत्तिर्ण भएका विद्यार्थीलाई कलेजले सर्टिफिकेट(प्रमाणपत्र) पनि प्रदान गर्याे ।

कार्यक्रममा बोल्दै बेलायती राजदुत रिचर्ड मोरिसोले शिक्षाको क्षेत्रमा अग्रणी रहेको बेलायतको शिक्षा नामी कलेज नेपालमा नै दिन सक्षम रहेकोमा खुशी व्यक्त गर्नुभयो ।



बेलायतको नर्थह्याम्पटन विश्वबिद्यालयबाट मान्यताप्राप्त यस नामी कलेज सन् २०१२ मा स्थापना भएको थियो । स्थापनाकालमा ‘ए लेभल’का साथै स्नातक तहतर्फ बिएसी इन्भ्यारोमेन्टल साइन्स र कम्प्युटिङ विषयमा अध्यापन गराएको यस कलेजले सन् २०१५ बाट बिबिए र एमबिए विषयलाई समावेश गरेको थियो ।

विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने मनसायले कलेजले ‘ल्याब’को पनि व्यवस्था गरेको छ । विद्यार्थीको शारिरिक अभ्यासका लागि खेल्ने ठाउँको पनि पर्याप्त सुबिधा छ । ३७ रोपनी जग्गामा फैलिएको यस कलेजमा हाल ६ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

कलेजले यसै सालदेखि बार्षिक रुपमा जर्नल प्रकाशन गर्ने घोषणा गर्याे । त्यसको सुरुवात गर्दै जर्नलको पहिलो भागमा प्रकाशित हुने लेखहरुको अंशलाई छुट्टै किताब बनाएर यसै कार्यक्रममा सार्वजानिक गरिएको थियो । जर्नलका सम्बन्धमा नामी कलेजका सिइओ पवन पोखरेलले भने, ‘यसले विद्यार्थीहरुलाई अनुसन्धानमुलक शिक्षामा प्रेरणा दिने आशा गरेका छौँ ।’  

Thuprai - Books and E-books