A Levels MA

हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न

हेराल्ड कलेज, काठमाडौँको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

दीक्षान्त समारोहमा स्नातक तह पूरा गरेका ३९६ जना दीक्षित भएका थिए । तीमध्ये ३६१ जना बीएस्सी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना बीएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका विद्यार्थी छन् ।

बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । उनले विश्वविद्यालयले कल्पना गरेको जस्तो शिक्षा नेपालमा यस कलेजले उपलब्ध गराउन सकेको बताउँदै नेपालमा प्रदान गरिएको सम्बन्धनले यहाँको शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको बताए । 

हेराल्ड कलेजका प्रमुख कार्यकारी अधिकृत प्रकाश श्रेष्ठले कलेजले अन्तर्राष्ट्रिय एमबीए अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको सो अवसरमा जानकारी दिँदै कलेजबाट उत्तीर्ण विद्यार्थीमध्ये ९६ प्रतिशतले रोजगारी हासिल गरेको बताए ।

आइएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीले सरकारी निकाय, व्यापारिक प्रतिष्ठान आदिमा रोजगारी पाइरहेको बताउँदै बेलायती शिक्षाले नेपाली विद्यार्थीमा अध्ययनको बानी विकास गरेको बताए ।

कलेजले चार वर्षे ब्याचलर अफ इन्टरनेसनल विजनेस म्यानेजमेन्ट, तीन वर्षे बीएस्सी (अनर्स) कम्प्युटर साइन्स र दुई वर्षे अन्तर्राष्ट्रिय एमबीए कक्षा सञ्चालन गरिरहेको छ । बेलायतको उल्भरहेम्टन विश्वविद्यालयले विराटनगर इन्टरनेसनल कलेजलाई पनि सम्बन्धन प्रदान गरेको छ । 

 

Thuprai - Books and E-books